मेरो समाज – सुमनसिंह पौडेल

२०७४ माघ १३ गते, शनिबार

भोक
शोक र रोगको
महँगीवाट पिल्सिएको
मेरो समाज
दुष्टहरूको खुनी
सपना र आश्वासन
पापी र जालीहरूको
कुकृत्यबाट
पिल्सनुसम्म पिल्सिएको छ

एक छाक खानुको
एक आङ्ग लाउनुको
अनि एउटा जीवन
आफ्नै लयमा बाँच्नुको
अभिलासा पालेर
आफ्ना झिनो सपनाहरूलाई
साधारण चाहानाहरूलाई
दुस्टहरूको
अपराधी लोकतन्त्र
छलछामको मानवअधिकार
र आश्वासनहरूको पोकोसंग
नचाहँदा नचाहँदै
साट्नु परिरहेको छ
सौदाबाजी गर्नु पर्ने विवशतासंग
मीत लगाइरहनु परेको छ

आखिर कहिलेसम्म ?

हिजो, आज र भोलिको
एउटै नियति सहन गरिरहेको
म र मेरो समाजलाई

खान पाउने
लाउन पाउने
बस्न पाउने
स्वतन्त्र भएर
इज्जतको खुल्ला आकाशमा
उड्न पाउने आजादी छैन ?
आफ्ना साना सपनाहरूको
साना झुपडी भित्र
ढुक्कले निदाउन पाउने
अघाएर निदाउन पाउने
निन्द्राको आजादी छैन ?
मेरो देशलाई
मेरो भनेर गर्व गर्न पाउने
खोला मेरो भन्न पाउने
जंगललाई मेरो भन्न पाउने
खनिजलाई मेरो भन्न पाउने
समथर फाँट र जमिनहरूलाई
आँखाले देखिने
हिमाल र पहाडहरूलाई
मेरो भन्न पाउने आजादी छैन ?

आखिर !
म र मेरो समाजलाई
मेरो भन्न पाउने आजादी कहाँ छ ?
मेरो आफ्नो के हो ?
मेरा आफ्ना को हुन ?

आज
सबै हाम्रा होइनन् जस्तो बनाइएको छ
खोला दलालको
जंगल दलालको
खनिज दलालको
उद्योग र पुँजी दलालको
जमिन दलालको
हिजोसम्म म र मेरो समाजलाई
आफ्नो लाग्ने
सबै आफ्नाहरू दलालहरूको
खोइ आफ्नो के छ ?
मेरो के छ ?
हाम्रो के छ ?

मथिङ्गलमा सुनामी मच्चाउने
जीवनमा तुफान मच्चाउने
सवालहरूको भुकम्पीय जवाफ
दिन मन लागेर आउँछ
हिजो पनि
आज पनि
र भोलि पनि
विस्फोट भैरहन मन लाग्छ

आपूm र आफ्नो हुनुको पहिचान
गुमिरहँदा
दुष्ट खुनी
सपना र आश्वासनका व्यापारीहरूलाई
जिउँदै आगो लगाउने
इच्छा जागेर आउँछ

अब एउटै आशा
भरोसा र सम्भावाना
अनि आफ्नो हुनुको
म र मेरो समाजले
आफ्नो ठान्न थालेको
बिद्रोह र बिप्लब
यो असमानताको पर्खाल भत्काउन
म र मेरो समाजलाई
दुष्ट र पाखण्डीहरूको संसारमा
हमला गर्ने आदेश देउ
खुनी र जालीहरूको नरसंहार गर्ने
कासन गर्देउ
म खरानी हुन तयार छु
हामी खरानी हुन तयार छौं
बिश्वास गर हामीलाई
हाम्रो खरानीको समाधी
फेरि पनि काल बनेर
दुष्टहरूको अन्त्य गर्न
उठ्ने छ
बहुरिने छ

प्रतिक्रियाहरु