मेरो पाठेघर – बादलदेबी चाम्लिङ्ग

२०७४ कार्तिक ११ गते, शनिबार


एउटा मिठाे सृष्टि धूनकाे स्राेत
मेराे पापाठेघर ।
जूनकाे पेटले जति शितल अनुभूति दिन्छ
त्याे भन्दा मिठाे अानन्द मेराे पाठेघरले दिन्छ
नदिकाे मुहानकाे शक्ति भन्दा उँचाे वैभव छर्छ
जूनहरु/फूलहरुकाे व्याड
उम्रन्छन्, फुल्छन्, खुल्छन्
र सजाउँछन् व्रमाण्ड बगैँचा ।
जूनकाे वीज छर्नुस
जूनै उम्रन्छ
फूलकाे वीज छर्नुस्
फूलै उम्रन्छ
पहाड,खाेला, नदि, चट्टान
मरुभूमि जे जे छर्नुस्
तीनै तीनै उम्रन्छन् ।
अाउनुस्
सुनाखरी भएर
बाँस भएर
गुराँस भएर
अथवा काँडा भएर
अाँधी, हुरी
बीस भएर
धर्म नछाेडि अाउनुस्
कर्म गर्नुस
अा-अाफ्नाे साैन्दर्य नभत्किने गरि
अस्तित्व बचाएर जानुस्
बाँच्नलाई प्रशस्त ठाउँ छ
जस्ताे रुखकाे बाेक्रा,भिर,चिस्यान जमिन, वगर, मैदान अादि ।
मेराे पाठेघरकाे ह्रदयकाे सम्बन्ध
पानीले भरिएकाे कुलाेसंग
अनेकन बनस्पतिकाे फल बियाँ छर्ने
घना जङ्गल शीत छ
अक्सिजन फालिरहने रुखहरु
तुलसीका झ्याङहरुसित
पाखावारीकाे निघार टल्काउने खडेरीसित
फूलहरुकाे परागशेचन गराईदिने हावा,भमराहरुसित छ
यिनीहरु भन्दा बढ्ता तिमीसित छ ।
तिम्राे अाँखामा बसेकाे मेराे छाँया पन्छाएर
पश्चिम बहन्छाैं
यहाँ अँध्याराे हुन्छ
मुहारमा कलिलाे कान्ति बाेकेर फेरि झुल्कन्छाै
म उज्यालाे भएर खुल्छु
उता अँध्याराे हुन्छ
तिम्राे उपस्थितिकाे महत्व यहि स्पष्ट हुन्छ ।
मेराे अनुपस्थितीमा
कुनै फूल प्रति तिम्राे प्रेम जम्याे भने
सुख भेट बनेर बाँचिरहाेस्
बिधिसङ्गत पिरतीमा रुझेर टक्टकिनु त
अाखिर मसंग नै हाे ।
दाैडेर पर /टाढा पुग
थाकेर राेकिने बिन्दु यहि हाे
उफ्रिएर अाकाश छाेउ
झरेर टेक्ने यहि हाे
रिसाएर राताे, पिराे वन
धुम्म पर
अझै खुट्टा चलाऊ
हात नचाऊ
सके खुकुरी उठाऊ
यी त कमै हुन्
खग्रास, बलय, ग्रहण त खेपेकै छ याे माटाेले
ज्वालामुखि पचाएकै छ
धर्ति अजिवकाे छ ।
याे धर्ति
मेराे पाठेघरकाे विष्तृत रुप हाे ।।

प्रतिक्रियाहरु