मेरो गाउँ – कृष्णराज लावती लिम्बु

२०७३ असार १ गते, बुधबार

मेरो गाउँ
अाजभोली विश्व
बजारले खर्लप खाएछ ,
तिनपाने र तोङबाको ठाउँ
रुसलान भोट्का र बियरले लिएछ ।
गुन्द्रुक सिन्की र किनेमाको अचार
वाइवाइ साँदेकोले लिएछ ।
फाँदो सिलाम र फिलिङगेको
अचारहरु अतीत भएछन् ।
पेरुङगो,डोको र थुन्सेहरु
पलाष्टिकको झोलाले धपाएछ ,
गाउँघरमा पाइने स्नेह र सद्भाव
हिन्दी सिरियलले खर्लप निलेछ ।
सफा र सुन्दर गाउँहरु
वाइवाइ,रिचार्ड कार्ड र बियरको
सिसिको डम्पिङ साईट भएछ।
खेताला र पर्मु लाउने चलन
मासिएर खेतबारी बाँझो रह्यो
कुटोकोदालो विस्थापित गरि
टेक्टर मेशिनले ठाउँ लियो ।
सबै चिजबिजहरु अायतित
राम्रो बिचार र चिजहरु विस्थापित ।
म पनि सुबिधा भोगि भएर
म चाहिँ अाफै विस्थापित विस्थापित
नाराङस्याङलो ।

प्रतिक्रियाहरु