‘मेरो गजल तिम्रो लागि’ सार्वजनिक

२०७५ श्रावण १६ गते, बुधबार

काठमाडौं, १६ साउन । पचपन्न सालदेखि गजल लेखनमा सक्रिय गजलकार संजिता देउजाको प्रथम गजल एल्वम ‘‘मेरो गजल तिम्रो लागि’ मंगलबार राजधानीमा सार्वजनिक गरिएको छ । बरिष्ठ गीतकार डा.कृष्णहरि बरालले एल्वम सार्वजनिक गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि डा.कृष्णहरि बराल, उन्नति बोहरा शीला, गजलकार ज्ञानुवाकर पौडेल, मेरिना स्मृति र संजिता देउजाले संयुक्त रुपमा सो एल्वम सार्वजनिक गरेका थिए ।
कार्यक्रममा प्राज्ञ तथा गीतकार उन्नति बोहरा शीलाले गजलमाथि चर्चा गर्दै सुनैेलो भविश्य बोकेकी संजिताका गजल नेपाली संगीतको क्षेत्रमा एउटा चम्किलो तारा भएको बताए ।
कार्यक्रममा ज्ञानुवाकर पौडेलले संजिताको गजल लेखनमाथि चर्चा गर्दै भने , “जुनबेला संजिताले गजल लेख्न थाल्नुभएको थियो, त्यो बेला महिला गजलकार कमै थिए । उहाँ निकै सम्भावना भएको गजलकार हो । विदेशको व्यस्तताले अलि हराउनुभयो । त्यति हुदाहुँदै पनि गजल एल्वम निकाल्नुभयो, खुशीको कुरा हो ।” उनले भने , “गजललाई कविता र गीतबाट अलग गर्नुहुन्न । संजिताका गजलमा कविता र गीत पनि पाइन्छ ।”
कार्यक्रमका प्रमुख अतिथि डा. कृष्णहरि बरालले एल्वममाथि चर्चा गर्दै नेपाली गजल संगीतमा मेरो गजल तिम्रो लागि उत्कृष्ट संकलनका रुपमा आएको बताए । उनले गीत संगीत लोकप्रिय हुन स्वर, संगीत, एरेन्ज, भिडियो भन्दा पनि गीत, गजल नै शब्द संरचना र लयका हिसावले उत्कृष्ट हुनुपर्ने बताए ।.
गजलकार संजिता देउजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार श’शीला देउजाले स्वागत गरेका थिए ।
कार्यक्रममा गजलकार संजिता देउजाले अतिथि तथा सहयोगीह?लाई मायाको चिनो प्रदान गरेका थिए ।
एल्वममा विभिन्न समयमा लेखिएका संजिताका आठ गजल संग्रहित छन्. । एल्वममा सत्यराज आचार्य, स्वरुपराज आचार्य र दीपक थापाको स्वर रहेको छ । सत्य स्वरुपको संगीत रहेको एल्वममा तिम्रो लागि…, छ अझै…, जवाव यौटा…, दैवको हातमा…, कुनै बेला म…, एक मानिस…, किन ?..र अनुरोध…बोलका गजल रहेका छन् । एल्वममा तीन तीन गजल सत्य स्वरुप तथा दुई गजल दीपक थापाले गाएका छन ।
महेन्द्र भवन कन्या स्कुलमा अध्ययन गर्दैदेखि गीत, गजल, मुक्तक र कविता लेखनमा रुचि राख्ने गजलकार संजिताका एक सयभन्दा बढी गजल रहेका छन् । त्यसमध्ये २५ भन्दा बढी रेकर्डमा रहेका छन् । उहाँका गजल र कविता मध’पर्कलगायत पत्रपत्रिकामा प्रकाशित हुँदैआएका छन् ।
अध्ययनको शीलसिलामा बेलायतमा रहदैआउनुभएकी गजलकार देउजाको संयुक्त मुक्तक संग्रह ‘मुक्तक महक’ प्रकाशित छ । त्यस्तै गायक दीपक थापाको एल्वम होराइजनमा समेत गजलकार देउजाको गजल संग्रहित छ ।

प्रतिक्रियाहरु