मेयर श्रेष्ठमाथि आक्रमण

२०७५ बैशाख ९ गते, आईतवार

काठमाडौँ, ८ बैशाख । भक्तपुर मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमण भएको छ । स्थानीय जनताले श्रेष्ठमाथि रड प्रहार गरेको बुझिएको छ । प्रहारबाट गम्भीर घाइते श्रेष्ठको मध्यपुर अस्पताल नयाँ थिमिमा उपचार भईरहेको छ । उनलाई आफ्नै घरको आगनमा आक्रमण भएको हो ।
मध्यपुर थिमि–३ गठ्ठाघरस्थित घरमा गाडी पार्किङ गरेर भित्रै बस्नै लाग्दा मेयर श्रेष्ठमाथि आक्रमण भएको बताइएको छ । श्रेष्ठको हात र खुट्टामा गम्भीर चोट लागेको छ । आक्रमणकारीले श्रेष्ठको बा ८ च ८७२० नम्बरको कार समेत तोडफोड समेत गरेका छन. । कारको सिसाहरू फूटेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु