मेडिकल माफियालाई नछाड्ने उद्घोष

२०७६ भाद्र ५ गते, बिहीबार

काठमाडौं, ५ भदौ ।चिकित्सा शिक्षा संघर्ष समितिले मेडिकल माफिया विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । चिकित्सा शिक्षा संघर्ष समितिका प्रकाश चन्दले काठमाडौंमा पत्रकार सम्मेलन गरेर मेडिकल माफिया विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन । पत्रकार सम्मेलनमा पछिल्लो समय मेडिकल क्षेत्रमा देखिएका तमाम समस्याका बारेमा आफूहरुले आन्दोलन गर्ने संयोजक चन्दले बताए । उक्त पत्रकार सम्मेलनमा चिकित्सा शिक्षा संघर्ष समितिका सक्योजक प्रकाश चन्दको हस्ताक्षरमा जारी भएको विज्ञप्ती यसप्रकारको छ – “सम्पूर्ण प्रगतिशील विद्यार्थी र चिकित्सकहरु एक हौँ, चिकित्सा शिक्षाका दलाल, माफिया र भ्रष्टाचारीविरुद्ध संघर्ष गरौँ ।
चिकित्सा शिक्षा संघर्ष अभियान नेपालको इतिहासमा ठूलाठूला संघर्ष र बलिदानका महत्त्वपूर्ण उपलब्धि स्वर्णिम अक्षरमा लेखिएका छ्न । विभिन्न स्वरुपहरु बदल्दै यो संघर्ष अहिले पनि जारी छ । अहिले नेपालको संविधानले शिक्षा र स्वास्थ्यको बिषयलाई नागरिकको मौलिक हकका रूपमा किटान गरिसकेको छ । विडम्बना, शिक्षा र स्वास्थ्य दुवै क्षेत्रलाई अहिले दलाल, माफिया र भ्रष्टहरुले निजीकरण गर्दै लुट मच्चाएर व्यापारको साधनका रूपमा प्रयोग गरिरहेका छन् । संविधानले ग्यारेन्टी गरेको आम नागरिकको मौलिक अधिकारीमाथि माफीया र दलालहरुले जुन किसिमको दास मानसिकताको व्यवहारमा गरिरहेका छन् त्यो निकै निन्दनीय छ । यस्तो निन्दनीय कार्यको सशक्त प्रतिरोध गर्दै संघर्षमा उत्रन आम नागरिक, विधार्थी र चिकित्सकलाई हार्दिक अपिल गरिन्छ । आजको दिनमा दलाल र माफियाहरुले स्वास्थ्य क्षेत्रमा आवद्ध डाक्टर, नर्स, ल्याब, प्राबिधिक सहयोगी, फार्मिसिस्टलगायत सबै साथीहरूलाई आधुनिक दासको झल्को आउने गरी खरिद बिक्री गर्दै आएको सबैलाई जानकारी भएकै विषय हो । त्यो मात्रै होइन, सरकारले स्वास्थ क्षेत्रमा निर्धारण गरेको श्रमको मुल्यसमेत आपत्तिजनक, हतोत्साहिजनक र निरासातर्फ धकेल्ने प्रकृतिको छ । यसको पुनर्विचार गरेर उचित मुल्यांकन गरिनु जरुरी भैसकेको छ । चिकित्सा अध्ययनलाई लुट र भ्रष्टको साधन बनाउँदै दलाल र माफीयाले अभिभावक र विद्यार्थीबाट २० औं लाख अनावश्यक रकम असुल्ने तर यहि क्षेत्रमा कार्यरत श्रमिकलाई निकै निम्नस्तरको श्रममुल्य दिने परिपाटी सह्य हुनसक्दैन । त्यसैले यस बिषयमा आम नागरिक, बुद्धिजीवी, विद्यार्थी, चिकित्सा क्षेत्रका विभिन्न सघंसस्था, अग्रज सरोकारमञ्च र सम्बन्धि निकायद्वारा सरकारको ध्यानाकर्षण गराउँदै यस बिषयमा गम्भीर बन्न र यस क्षेत्रको सुधारका निम्ति आ(आफ्नो ठाउँबाट आवाज उठाउन हार्दिक अपिल गरिन्छ ।

मागहरू

क) भर्नाको हकमा पुनरावलोकन तथा कार्यनयन गरिनुपर्ने विषय: – MBBS, BDS, BNS/B.S.C nursing, BMLT, BMIT, B-pharmacy, BPH को हकमा सरकारले तोकेको शुल्कको आधारसहित प्रष्ट पारियोस् ।

ख) उल्लेखित स्वास्थ्यकर्मीको उचित तलब ,सुरक्षा र अन्य सुविधाको व्यवस्ता गरियोस् ।
ग ) पाठ्यक्रम परिमार्जन गरी प्रविधिमत्री, गुणस्तरीय र विद्यार्थीलाई पठनपाठनको वातावरण बनाउनुपर्ने

घ) मेडिकल कलेजलाई सरकारले सहुलियतता प्रदान गरि मेडिकल कलेजले आम नागरिक र विद्यार्थीलाई सोही अनुसार सुविधा प्रदान गरियोस् ।

संघर्षका कार्यक्रमहरु–

५ गते पत्रकार सम्मेलन

६–८ गते सम्म मागपत्र वितरण र अन्तरक्रिया

९ गते अन्तरक्रिया ‘भद्रगोल स्वास्थ क्षेत्र र हाम्रो सरोकार ’

१०देखि १४गते सबै मेडिकल कलेजमा सभा गर्ने र बिरोधस्वरुप कालो ब्यानर राख्ने

१५ गते कालो पट्टी बाधेर काम गर्ने र पढ्ने

१६ गते सबै मेडिकल कलेज प्रशासनसँग छलफल गर्ने

२५ गते राजधानीमा विशाल स्वास्थकर्मी प्रदर्सन”

प्रतिक्रियाहरु