मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्ने

२०७६ मंसिर ११ गते, बुधबार

काठमाडाैं, ११ मंसिर । मेडिकल कजेजले आजबाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्ने भएका छन । गए राती शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकमा सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएपछि मेडिकल कजेजले आजबाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्ने भएका हुन । सहमतिअनुसार शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिनको समयभित्र शुल्क फिर्ता नभएपछि गृहमन्त्रलयले मेडिकल कलेजलाई पक्राउ गर्ने निर्णय गरेको थियो। सहमतिअनुसार मेडिकल कजेजले शैक्षिक सत्र ०७४/०७५ र ०७५/०७६ को हकमा आज बाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्नेछन् भने ०७२/०७३ र ०७३/०७४ को हकमा चिकित्सा शिक्षा आयोगले उपयुक्त निर्णय लिने बताइएकाे छ ।
०७६/०७७ को हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिएर विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया थाल्ने सहमतिपत्रमा उल्लखे छ । त्यस्तै, ०७७/०७८ र त्यसपछिका वर्षमा भने वैज्ञानिक ढंगले शुल्क निर्धारणका लागि आयोगबाट कार्य अघि बढाउने सहमति गरिएको छ । सोमबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत उपस्थित बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क मंगलबारसम्म फिर्ता नगरे आवश्यक कारवाही गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु