मेडिकल कलेजलाई शुल्क बढाउन प्रतिबन्ध

२०७५ आश्विन २९ गते, सोमबार

काठमाडौं , २९ असोज । सरकारले मेडिकल कलेजले लिने शुल्क बढाउन प्रतिबन्ध लगाएको छ । मनपरी शुल्क तोकिएको गुनासोपछि सरकारले यस्तो निर्णय गरेको हो । मन्त्री परिषद बैठकले दुई वर्ष अघि सरकारसँग गरिएको सम्झौंतामा यस वर्षबाट शुल्क बढाउने सहमती भएको भन्दैं नीजि मेडिकल कलेजले शुल्क बढाएका थिए । शुल्क वृद्धिको गुनासोपछि शिक्षामन्त्री पोखरेलले एक हप्ता अघि त्रिभुवन विश्व विद्यालय, काठमाण्डौं विश्व विद्यालय लगायतका भिसी, रजिष्टार र डिनहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए । सरकारले जमलस्थित त्रिविको जग्गामा राष्ट्रिय पुस्तकालय बनाउने निर्णय पनि गरेको छ । जमलमा विगतमा जनप्रशासन क्याम्पस रहेको ठाउँमा राष्ट्रिय पुस्तकालय राख्ने निर्णय भएको हो । इभेन्ट, शिक्षाका लागि खाद्य कार्यक्रम लगायत शिक्षाका परियोजनामा अस्थायी दरबन्दी कायम गर्ने पनि मन्त्री परिषद बैंठकले निर्णय गरेको छ । – राजधानी दैनिकवाट

प्रतिक्रियाहरु