मेडिकल कलेजका विद्यार्थीद्वारा परीक्षा बहिस्कार

२०७६ मंसिर १८ गते, बुधबार

काठमाडौं, १८ मंसिर । आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस तथा बिडिएसको दोस्रो चरणको परीक्षा पनि बहिष्कार गरेका छन् । उनीहरुले बुधबारदेखि सुरु भएको त्रिभुवन विश्वविद्यालयअन्तर्गत एमबिबिएस तथा बिडियसको प्रथम वर्षको परीक्षा ‘पेन डाउन’ गर्दै बहिस्कार गरेका हुन् । मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग राख्दै आन्दालन गरिरहेका विद्यार्थीले आफ्ना माग पूरा नभएसम्म कुनै पनि परीक्षामा सहभागी नहुने घोषणा गरेका छन् ।
चितवन मेडिकल कलेजकी विद्यार्थी तथा चिकित्सा संघर्ष समितिकी सदस्य मान्यता थापाले जानकी मेडिकल कलेज्, एनएमसी मेडिकल कलेज्, सिएमसीलगायत अन्य मेडिकल कलेजका विद्यार्थी मिलेर परीक्षा बहिस्कर गरेको बताइन् । उनले आजै चितवन मेडिकल कलेजमा विरोध प्रदर्शन गर्ने जानकारी दिइन् । गत २१ कात्तिकमा तोकिएको परीक्षा बहिष्कार गरेपछि आइओएमले १८ मंसिरमा सारेको थियो । एमबिबिएस, बिडिएसलगायत स्नातक तहका प्रथम वर्षको परीक्षा विद्यार्थीले दोस्रोपटक बहिष्कार गरेका हुन् ।
सरकार र मेडिकल कलेज्का सञ्चालनबीच गत मंसिर १० मा कलेज् लिएको अतिरिक्त शुल्क फिर्तासम्बन्धी सहमति भएको थियो । आन्दोलनरत् विद्यार्थीलाई जानकारी नै नदिइ गरिएको एक पक्षीय सहमति विद्यार्थीको हितमा नभएको भन्दै उनीहरुले त्यसको विरोध गर्दै थप आन्दोलनको घोषणा गरेको छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु