मेघगर्जनसहित पानी पर्ने सम्भावना

२०७६ फाल्गुन २१ गते, बुधबार

काठमाडौं, २१ फागुन । मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भेगको एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको जनाएको छ । हाल ईरान तथा आसपासको क्षेत्र नजिक रहेको पश्चिमी न्यून चापीय प्रणाली बिहिबारबाट नेपाल प्रवेश गर्ने र सो प्रणालीका कारण बिहीबार देशको पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिना सहित वर्षा हुनुका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिना सहित वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका स्थानहरुमा हल्का हिमपात को सम्भावना रहन्छ।
शनिबार देशभरनै सामान्यदेखि पूर्ण बदली रही उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ। साथै देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिना सहित वर्षाको संभावना समेत रहेको छ ।

आइतबारबाट क्रमिक रुपमा मौसममा सुधार हुने देखिन्छ। यस प्रणालीको प्रभाव रहने समयाबधिसम्म आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु