मेक्सिकोमा ७ . १ म्याग्नेच्युटको भूकम्प

२०७४ आश्विन ५ गते, बिहीबार

काठमाडौं, ५ असोज । मेक्सिकोमा गएको ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भूकम्पमा एउटै प्राथमिक विद्यालयका २१ जना छात्रछात्राको मृत्यु भएको छ । भूकम्पले विद्यालयको भवन भत्किँदा परिएका २१ जना बालबालिका र ५ जना वयस्कको शव भेटिएको हो । यो समेत गरी भूकम्पका कारण अहिले २ सय ३० जनाभन्दा बढीको मृत्यु भइसकेको पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।
उद्धारकर्ताहरुले विद्यालयको भग्नावशेषमा अझै तीन जना विवितै रहेको बताएका छन् । भत्किएको संरचनाभित्रबाट एक जनाको उद्दार गरिएको छ । ठूलो भूकम्पपछि हराइरहेका व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको छ । भूकम्प प्रभावित क्षेत्रहरुमा अझै कैयौं व्यक्ति हराइरहेका छन् । भत्किएका संरचनाभित्र पुरिएका मानिसको खोज जारी छ । भूकम्पका कारण कैयौं घर तथा गिर्जाघर भत्किएका छन् । राष्ट्रपतिले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु