मेक्सिकोमा ७ दशमलब २ रेक्टरको भूकम्प

२०७१ बैशाख ६ गते, शनिबार

काठमाडौं, ६ वैशाख ।मेक्सिकोमा आज ७ दशमलब २ रेक्टरको शक्तिशाली भूकम्प गएको छ । करिब ३० सेकेण्डसम्म गएको भूकम्पको कारण सहरमा भागदौड मच्चिएको थियो ।भूकम्पको केन्दूविन्दु पश्चिमी गुइरेरो राज्य रहेको अमेरिकी भूगर्भ सर्भे विभागले जनाएको छ । भूकम्पबाट राजधानी मेक्सिको सहरमा बढी प्रभाव देखिए पनि मानवीय क्षति भए÷नभएको सम्बन्धमा खबर आइसकेको छैन ।मेक्सिकोमा सन् १९८५ मा आएको ८ दशमलब १ म्याग्नेच्युडको भूकम्पका कारण करिब १० हजारको मृत्यु भएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु