मुसहरलाई जग्गा दर्ता राजस्वमा छुट

२०७४ बैशाख ७ गते, बिहीबार

काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकलेले महोत्तरीको बर्दिवासमा धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको मुसहर बस्तीको जग्गा दर्तामा राजस्व छुट दिने निर्णय गरेको छ । यसैगरी बैठकले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमणका लागि स्वीकृती दिएको छ । बैठकले यूरोपियन यूनियनलाई जग्गा खरिदका लागि अनुमति दिने निर्णय पनि गरेको छ । यस्तै नेपाली सेनाका प्रमुख सेनानी गौरवकुमार केसीलाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ । वायुसेवा निगमको वाइड बढी खरिदका लागि जमानी बस्न पनि सरकार तयार भएको शहरी विकासमन्त्री अर्जुनरसिंह केसीले जानकारी दिए । यसैगरी बैठकले सिन्धुलीको दुम्जामा बीपी कोइराला स्मृति पार्क र रामेछापमा पुष्पलाल पार्क निर्माण गर्ने निर्णय गरेको छ ।
यसैगरी काभ्रेको पाँचखालका हत्या भएका १८ बर्षीय अजित मिजार तिवारीको परिवारलाई दश लाख दिने निर्णय पनि गरेको छ । गत असार २९ गते घरबाट हराएकामा असार ३० गते धादिङको गजुरी खोलामा उनको शव फेला परेको थियो । खेलकुद मन्त्री दलजित श्रीपाईलीको नेतृत्वमा गठित समितिले तयार पारेको रिपोर्ट बुझेपछि सरकारले यो निर्णय गरेको हो । यस्तै, सरकारले आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदासमेत पुँजीगत खर्च ३० प्रतिशतभन्दा माथि जान नसकेपछि पुँजीगत खर्च बढाउन विकास निर्माणका कामलाई अझ तीव्रता दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार