मुम्बईमा भारी वर्षा, १ करोड ६० लाख मानिस प्रभावित

२०७४ भाद्र १४ गते, बुधबार

काठमाडौं, १४ भदौ । भारतको मुम्बईमा भारी वर्षाका कारण भएको डुबानबाट १ करोड ६० लाख मानिस प्रभावित भएका छन् । भारी वर्षाका कारण मुम्बईका अधिकांश भूभाग जलमग्न भएका छन् । डुबानले हवाई र रेलवे सेवासमेत अबरुद्ध बनेका छन् भने विद्यालय र कलेज बन्द गरिएका छन् । मुम्बईको एक अस्पताल पुरै डुबानमा परेकाले त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ । भारी बर्षाका कारण सयौं सवारी साधन सडकको बीचमै रोकिएका छन् । मौसमविदहरुले बर्षा अझ केही दिन रहने बताएका छन् । डुबान प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु