मुग्लिन सडक अबरुद्ध , ठाउँठाउँमा पहिरो

२०७३ असार १२ गते, आईतवार

काठमाडौँ, १२ असार । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको नारायणगढ–मुग्लिन सडकका विभिन्न स्थानमा खसेको पहिरोका कारण आज बिहान ३ बजेदेखि सडक बन्द भएको छ । उक्त सडकअन्तर्गत पाँचकिलो, सेती दोभान, गौंडेलगायत स्थानमा पहिरो खसेको बताइएको छ ।
अहिले डोजरको सहायतामा पहिरो पन्छाउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विभिन्न ठाउँमा पहिरो खसेका कारण अवरुद्ध सडक खुलाउन समय लागेको प्रहरीले जनाएको छ ।
रातिदेखि बाटो बन्द हुँदा सवारी साधनको ठूलो लाइन लागेको छ । चितवनबाट काठमाडौँ र पोखरालगायत विभिन्न स्थानमा जाने आउने सयौँ सवारी बीचबाटोमै रोकिएका छन् । प्रहरीले आउने सवारीलाई मुग्लिन र जाने सवारीलाई भरतपुर आँपटारी र जुगेडी क्षेत्रमा रोकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार