मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०७५ जेष्ठ ६ गते, आईतवार

काठमाडौँ , ६ जेठ । मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ । आज विहान गएको पहिरो कारण सडक अवरुद्ध भएको प्रहरीले बताएको छ । धेरै पहिरो गइरहने कालीखोलामा आइतबार विहान करिब ५ः३० बजे पहिरो गएको बताइएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित उक्त स्थानमा धेरै पहिरो जाने गर्दछ । पहिरो पन्छाउने काम जारी रहेपनि सडक खुलिसकेको छैन । काठमाडौँबाट गएका र आउँदै गरेका सवारी साधानहरुको लामा लाइन रहेको छ ।
्यसैबिच, पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । नवलपरासी, जेठ ६ । पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु३७प १५७० नंको मोटरसाइकल दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु१०प ४४३५ नंको मोटरसाइकल सशस्त्र प्रहरी सीमा सुरक्षा तालीम विद्यालय नजिकै एकापसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने एकजनाको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बर्दघाट–१६ का २१ वर्षीय सन्तोष न्यौपाने, बर्दघाट १४का १९ वर्षीय आशिष जिसी र बर्दघाट–१६ बस्ने ३० वर्षीय अजितसिंह ठकुरी रहेका छन् ।
उता, झापाको कन्काई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति यात्रुबाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मे१ख २२८३ नंको मातृ भाग्यरेखा बसले ठक्कर दिँदा अन्दाजी ३४ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको नाम, थर र वतन खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका लागि मेची अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु