मुख्यमन्त्री शाहीलाई लक्षित गरी पूनः बम विस्फोट

२०७६ श्रावण ३० गते, बिहीबार

काठमाडौँ, ३० साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ।कालिकोटको रास्कोट नगरपालिकाको सडक उद्घाटन गर्न जाँदै गर्दा मुख्यमन्त्रीलाई लक्षित गरेर दुई बम विस्फोट भएको प्रहरीले जनाएको छ । यसअघि कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटनका लागि पुगेका मुख्यमन्त्री शाही उपस्थित कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको थियो । मुख्यमन्त्री शाही एक हप्ता लामो गृह जिल्ला भम्रणमा रहेको बताइएको छ ।

प्रतिक्रियाहरु