मुक्तिनाथ घुम्न आउन आब्हान

२०७२ असार १३ गते, आईतवार

काठमाडौं , १३ असार । हालै गएको भूकम्पको प्रभाव पश्चिमी पर्यटकीय स्थल मुस्ताङमा पनि परेको छ ।अहिले मुस्ताङमा पर्यटक छैनन् भने प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर सुनसान बनेको छ ।भूकम्पले मन्दिरलगायतका क्षेत्रमा कुनै असर नपारेपनि भूकम्पको त्रासका कारण भक्तजन नआएको स्थानीयको बुझाइ छ । उता, म्याग्दीको बैसरीमा गएको पहिरोले मुस्ताङ्ग बेनी सडक खण्ड अवरुद्ध हुँदा पनि मुक्तिनाथ मन्दिर सुनसान जस्तै बनेको हो ।
अहिले त्यहाँका मानिस मुस्ताङ सुरक्षित छ भन्ने सन्देश दिन जुटेका छन् । हवाई मार्गबाट पुग्ने केही तीर्थ यात्री बाहेक पैदल मार्गबाट मन्दिर पुग्नेको संख्या शून्य भएको हो ।
आन्तरिक र वाह्य गरी दैनिक हजारौं तीर्थयात्री पुग्ने मुक्तिनाथमा अहिले एक दुई पर्यटक मात्र पुग्ने गरेका छन् ।सबैभन्दा बढी भारतीय तीर्थालु पुग्ने मुस्ताङमा बर्षा शुरु भएसँगै पहिरोको त्रासले गर्दा जान सकेका छैनन् ।गर्मी छल्न र चार धाम मध्येको एक धाम भएकाले भारतीय तीर्थालु बढी संख्यामा आउने गरेको पूजारी रामप्रसाद सुबेदीले जानकारी दिए ।

प्रतिक्रियाहरु