अखिल क्रान्तिकारीद्वारा अनलाइन कक्षाका नाममा शुल्क नदिन आग्रह

२०७७ असार १८ गते, बिहीबार

काठमाडौँ , १८ असार । अखिल क्रान्तिकारीले सरकारी विद्यालयहरूलाई क्वारेन्टाइन बनाएको बेला निजी विद्यालयहरूले विद्यार्थीबाट शुल्क उठाउने कार्य सह्य नहुने बताएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनको सगरमाथा क्षेत्रीय समन्वय समितिका संयोजक दर्शन नेपालीले एक बिज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण जनजीवन त्रासमा परिरहेको बेला निजी विद्यालयले शुल्क उठाएको भन्दै शुल्क लिने कार्य बन्द गर्न माग गरेका छन । बिज्ञप्तिमार्फत संयोजक नेपालीले कोरोना महामारीको बेला अनलाइन कक्षाका नाममा निजी विद्यालयहरूलाई शुल्क नदिन अभिभावकलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रियाहरु