माहुतेहरु आन्दोलनमा

२०७१ बैशाख ११ गते, बिहीबार


काठमाडौं, ११ बैशाख। हात्तीले कुल्चेर पछुवाको ज्यान गएपछि बर्दिया राष्ट्रिय निकुञ्जका माहुतेहरुले आन्दोलन सुरु गरेका छन् । ज्यान गुमाएकाका परिवारलाई क्षतिपुर्ति, बालबच्चालाई निशुल्क पढाउनुपर्ने, करारमा रहेका हात्तीका माहुते, पछुवा र फणितलाई स्थायी गर्नुपर्ने, अपुग दरबन्दी पुरा गर्नुपर्ने लगायतका माग राखेर उनीहरुले आन्दोलन गरेका हुन् ।
बुधबार निकुञ्ज भित्रको हात्ती मचान नजिक घाँस काट्न गएका पछुवा पदमा कार्यरत ठाकुरद्वारा ९ शिवपुरका ३४ वर्षका छोटकी थारुको हात्तीले कुल्चेर ज्यान गएको थियो । पहिलो चरणको आन्दोलन स्वरुप १ हप्तासम्म पर्यटकलाई हात्तीमा नघुमाउने माहुतेहरुले बताएका छन् । त्यसपछि पनि माग पुरा नभए निकुञ्जको काममा अवरोध पुर्‍याउने र हात्ती नचराउने माहुतेहरुले बिहीबार निकुञ्ज कार्यालयमा बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र माथिल्लो निकायमा पठाउने निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले भने । बर्दिया निकुञ्जमा १८ वटा हात्ती भएपनि हाल १४ जना स्थायी दरबन्दी र १६ जना करारमा गरी ३० जना मात्र कर्मचारी छन् । एउटा हात्तीका लागि माहुते, फणित र पछुवा गरी ३ जना कर्मचारी रहने ब्यवस्था छ तर ८ वटा हात्तीका लागि अझै २४ जना कर्मचारी अपुग छन् ।

प्रतिक्रियाहरु