मास्क नलगाए कारवाही !

२०७७ असार २२ गते, सोमबार


काठमाडौं, २२ असार । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।संक्रामक रोग ऐन २०२० अनुसार मास्क नलगाई घरबाहिर निस्कनेलाई कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिएका छन् । कोरोना संक्रमणको जोखिम रहिरहेको र लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको अबस्थामा एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दुरी कायम नगरिएकाले जरुरी कामले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन सरकारले यस्तो निर्णय गरिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु