मास्कको कालोबजारी गर्ने प्रहरीको फन्दामा

२०७६ चैत्र २ गते, आईतवार

काठमाडौं , २ चैत । स्वयम्भू प्रहरी वृत्त र बानेश्वर वृत्तले काठमाडौंको डल्लु आवास क्षेत्रबाट मास्कको कालोबजारी गर्ने ८ जनाको गिरोहलाई शनिबार पक्राउ गरेको छ । उनीहरुलाई सुराकीको आधारमा छापामारी ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मिन्टु तामाङ, अनिष कार्की, थुमराज उपाध्याय, निर्प कार्की, उज्वल अधिकारी, शिव खड्का र निशान तामाङ रहेका छन् ।
उनीहरुको साथबाट ७८ हजार २५० थान मास्क पनि फेला पारेको स्वयम्भू वृत्तका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । पक्राउ परेकाहरुले गोदाममा रहेको मास्क बिचौलियालाई दिइ कालोबजरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु