मावि शिक्षकको नतिजा प्रकाशित

२०७२ आश्विन २० गते, बुधबार

काठमाडौं, २० असोज । शिक्षक सेवा आयोगले लिएको माध्यमिक तहको मध्यमाञ्चल क्षेत्रको नतिजा प्रकाशित गरेको छ । मावि तहको मध्यमाञ्चल क्षेत्रको नेपाली (करार मात्र), गणित, विज्ञान, स्वास्थ्य जनसंख्या वातावरण र अर्थशास्त्र विषयको परीक्षाको नतिजा प्रकाशित गरिएको शिक्षक सेवा आयोग सानोठिमीले जनाएको छ । मावि तहको तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि उतीर्ण भएकाहरुले स्थायी नियुक्तिका लागि योग्यताक्रमअनुसार शिक्षा विभाग सानोठिमीमा सिफरिस गर्ने निर्णय गरिएको पनि आयोगले जनाएको छ ।

प्रतिक्रियाहरु