माल्कोटमा अखिल क्रान्तिकारीको स्वास्थ्य शिविर जारी

२०७४ भाद्र ३० गते, शुक्रबार

काठमाण्डौ , ३० भदौ । नेकपा निकट अखिल क्रान्तिकारी काठमाण्डौ विश्वबिद्यालय क्षेत्रीय समन्वय समितिले हिजोदेखि कालिकोटको माल्कोटमा सुरु गरेको निशुल्क स्वास्थ्य शिविर जारी रहेको छ । माल्कोटको सेरापाटाको श्री नन्दादेशी माविमा सुरु भएको सो स्वास्थ्य सिविर भोलिसम्म सन्चालन हुनेछ । फिजिसियनद्धय डा सुस्मा श्रेष्ठ , रविन्द्र गोली , डेन्टल विशेषज्ञ डा सानुकृष्ण श्रेष्ठ लगायतका डेढ दर्जन डाक्टरहरुको टोलीले सिविरमा सेवा प्रदान गरिरहेका छन् । आज दोस्रो दिन करिब ११०० (एघार सय ) जनाले उपचार सेवा लिएको काठमाण्डौ विश्वबिद्यालय क्षेत्रीय समन्वय समितिका नरेन्द्र बिश्वकर्माले जानकारी दिए । सिविरमा स्त्री रोग , दात , आखा, नाक कान घाटी लगायतका बिभिन्न समस्याको चेकजाच तथा सामान्य सल्क्रिया समेत गरिएको र जटिल अवस्थाकालाई अस्पताल रिफर गरिएको छ भने हालसम्म करिब १५ लाखको औषधि बितरण भएको बताइएको छ ।
सो स्वास्थ्य शिविरमा सेवा लिन कालिकोटका माल्कोट ,लालु , कोटबाडा , कुमाल गाउँ ,रुप्सा , मुम्रालागायत छिमेकी जिल्ला अछाम र दैलेखवाट समेत सर्बसाधारण जनताको भिड लागेको बताइएको छ ।

प्रतिक्रियाहरु