मालिन्दो एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो

२०७५ बैशाख ७ गते, शुक्रबार

काठमाडौं, ७ वैशाख । काठमाडौंबाट मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ । राति पौने १० बजे मलेशियातर्फ उड्न लाग्दा धावनमार्गबाट जहाज चिप्लिएर करीब १३९ फिट पर पुगेर घाँसे मैदानमा भासिएको थियो । जहाजमा १३९ यात्रु रहेको विमानस्थल स्रोतले जनाएको छ । जहाजले धानवमार्ग छोडे पनि यात्रु तथा चालक दलका सबै सदस्य सकुशल रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए ।
उक्त घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने जहाज अन्यत्रै पठाइएको गरिएको थियो भने काठमाडौँबाट उड्नुपर्ने सातवटा उडान पनि प्रभावित भएको थियो । अहिले विमानस्थल बन्द छ । रनवेबाट उक्त विमान हटाएपछि मात्र उडान शुरु हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु