मालिकले लिन खोजेकै हो – हस्तबहादुर केसी

२०७१ श्रावण २४ गते, शनिबार


मालिक यहाँ आउन चाहन्थे
र आए पनि
नोकरले मालिकलाई
आएको देख्न चाहन्थे
र भेट्न चाहन्थे
देखेर भेटे पनि
मालिक र नोकले के खोजेका थिए त –
मालिकले लिन खोजेकै हो
नोकरले पनि दिन खोजेकै हो
मालिकले लिनका लागि
तयार भएर आएकै हो
नोकर पनि दिनका लागि
कम्मर कसेर लागेकै हो
मालिकले लिनका लागि
तयार गर्न लगाउन दूतका रुपमा
स्वराजलाई पहिले नै नेपाल पठाएकै हो
नोकरले पनि दिनका लागि सबै तयारी गर्न
परराष्ट्र र उर्जा मन्त्रिलाई खटाएकै हो
मालिक लिनका लागि

ठूलो तयारी र तामझामका साथ
आफ्नै देशका सेना, गोली-गठ्ठा
बुलेट प्रुृफ गाडीहरु
लावा लस्कर सहयोगीहरुका साथ
नेपाल आएकै हो
नोकरले पनि दिनका लागि
भोजभतेर सबै दलीय बैठक गरेकै हो
मालिकले पनि लिनका लागि
नोकरलाई प्रभावमा पार्न
संसदमा उभिएर ठूलो स्वरले
कवि पो हो कि झैं गरिे
भाषण पट्काएकै हो
नोकरले पनि ज्यादै प्रभावित भएर
हसिलो मुद्रामा टेबुल ठोकेर
जोडले ताली पट्काएकै हो
मालिक पनि लिनका लागि
निकै हौसिएकै हो
नोकर पनि दिनका लागि
निकै आतुर भएकै हो
मालिकले अपर कर्ण्ााली र पञ्चेश्वर मात्र हैन
यहाँबाट सबै नदीनालाहरु लिन चाहन्थे
नोकरले पनि मालिकले चाहेका
सबै चिज दिन चाहन्थे
तर मेरा मित्र,
माओवादी र ३३ दलको हुंकारले
मालिक पनि तर्सिएकै हो
नोकर पनि भड्किएकै हो
त्यसैले त मेरा मित्र,
मालिक पनि लिन नपाएर
खाली हात पुच्छर सेप्दै
घर फर्केन बाध्य भएकै हो
नोकर पनि दिन नपाएर
लज्जित अनुहार देखाउँदै
थच्किन बाध्ये भएकै हो ।।

प्रतिक्रियाहरु