मालवाहक सवारी साधन थन्काएर आन्दोलन !

२०७६ श्रावण १ गते, बुधबार

काठमाडौं, १ साउन । राजस्व विभागले चुहावट रोक्नका लागि आजदेखि कार्यान्वयनमा ल्याएको मालवाहक सवारी साधनमा ‘भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’को विरोध गर्दै व्यवसायीहरुले मालवाहक सवारी साधन थन्काएर आन्दोलन सुरु गरेका छन् । त्यसैगरी ढुवानी भाडामा भ्याट प्रभावकारी नरहेको भन्दै व्यवसायीले सरकारलाई दवाव दिन सवारी साधन थन्क्याएर देशभर सामान ओसार पसार ठप्प पारेका हुन् । आर्थिक अपराध र सामान तस्करी रोकिने बहानामा मालवाहकप्रति राजस्व थोपर्ने, प्राविधिक झमेलामा पार्ने काम सरकारले गरेको भन्दै यातायात तथा ढुवानी व्यवसायी एवं मजदुर संघर्ष समिति आन्दोलनमा उत्रिएको हो । देशभरका १५ जना यातायात अगुवा ब्यवसायीहरु मिलेर बनाएको संघर्ष समितिले सरकारसँग ६ बुँदे माग राखेको छ ।
उता, सरकारले लागू गरेको ‘भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’को विरोधमा व्यवसायीहरुले नेपालगन्ज बन्द गरेका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा आज नेपालगन्ज बजार बन्द आव्हान गरिएको हो । सरकारले लागू गरेको नयाँ नीति, नियम, ऐन, कानुन ‘उपभोक्तादेखि व्यापारी’सम्म अव्यवहारिक रहेकाले खारेजी हुनुपर्ने माग संघले गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु