मालपोत प्रमुखलाई कालोमोसो

२०७४ श्रावण ११ गते, बुधबार

काठमाडौ, १० साउन । नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले जिल्ला मालपोत कार्यालय डोटीका प्रमुख सुनिल सागर जोशीलाई मंगलबार दिउँसो कालोमोसो दलेका छन् । मुक्त हलियाबाट कमिसन खाएको भन्दै उनलाई कालोमोसो दलिएको बताइएको छ । जोशीले मुक्त हलिया पुनःस्थापनाको रकममा कमिसन खान आएको भन्दै मुक्त हलियाले कार्यालयको गेटमा ताला लगाएर धर्नामा बसेका छन् ।
हलियाहरुको नाममा आएको रकममा लाखौंको कमिसनको खेल गर्न थालेको र कमिसन खान नपाएपछि रकम फ्रिज गर्न खोजिएकोले कालो मोसो दलिएको हो, जोशीले रकम फ्रिज गर्न लागेकोले जनकारवाही स्वरुप कालोमोसो दलेको नेकपा डोटीले बताए ।
नेपाल कम्युनिष्ट पार्टीका निकट राष्ट्रिय युवा जन स्वयंसेवकका जिल्ला सह ईन्चार्ज मोहन कठायत र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिबालय सदस्य डबल सिंहको नेतृत्वमा गएको टोलीले कालोमोसो दलेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु