‘माया’आकर्षण होईन् समर्पण – शिखरजंग श्रेष्ठ

२०७१ फाल्गुन २६ गते, मंगलवार

विश्वासको जगमा फुल्ने माया, सम्बन्धलाई सुमधुरतामा परिणत गरि बचाँईराख्ने माया अचेल बजारमा पाईने डिजाईन डिजाईनका कपडा जस्तै बनेको छ । मायाले नै संसार चलिरहेको बेलामा मायाले धेरैको जीवन र घर पनि बिगारेको पाईन्छ ।माया देखाउन सकिदैन्, केवल अनुभूत गर्न सकिन्छ । यो सिद्धान्त भन्दा बाहिर रहेर मायाको किनबेचको अवस्थामा नेपाली समाज अघि बढ्दैछ । पछिल्ला यूवा पंक्तिमा दीगो समर्पित माया भन्दा क्षणिक समर्पित माया मौलाउदैछ ।
माया न चाहेर हुन्छ, न नचाहेर हुन्छ, मन देखि माया बग्न थाले रोक्न सकिदैन् । साँचो माया एक अर्कामा समर्पित भएर मृत्यूपछि पनि अजम्बरी भएर बाँचिरहन्छ । कसैले माया देखाएर देखिदैन्, माया त आफै मनमा झल्किन्छ । तर यो बाटो भन्दा फरक बाटोमा हिड्दैछ माया । छिन मै जुट्छ, छिनमै टुट्छ माया । यसलाई माया भन्नेकी नभन्ने यो पनि विवादको विषय छ । कतिले यो विकसित परम्परालाई माया भनिरहेका छन् भने कतिले यसलाई आवेगको प्रतिफल भनिरहेका छन् ।
जुन हिसाववाट वैशालु उमेरमा पुरुष र महिला बीचको आकर्षण मात्र माया हो भन्ने भान धेरैलाई हुदैछ । यो त मात्र आकर्षण हो भन्ने पनि फरक जमात देखिन्छ । कतिले मायालाई यौन संग जोडेका छन् । कतिले माया त निस्वार्थ हुन्छ, त्यहाँ कुनै चिजको पनि आशा हुदैन् । मायामा त्याग हुन्छ, प्राप्ती होईन ।
नेपाली समाजमा पश्चिमा संस्कृतिको प्रभावका कारण मायाको नाममा शारिरीक र सम्पत्तिको मोहमा फसिरहेका छन् । र साँचो मनहरुलाई ईनारमा खसाल्दैछन् । माया मन देखि जागृत भए, न हेरेर देखिन्छ, न छेकेर छेकिन्छ । त्यो कुनै चिजप्रतिको आकर्षण मुक्त हुनुपर्छ । राम्रो फुल देख्दा आफ्नो बनाउन चाहनु चाहना मात्र हो ।
समाजमा यौन मात्र होईन, माया पनि बिक्रि भईरहेको छ । चाहेर या नचाहेर यौन व्यवसाय बन्दै गएको बेलामा माया पनि व्यवसायीक बन्दै गएको छ । अहिले माया आकर्षणमा अडिएमो देखिन्छ । मनहुने एक्लो, धनहरुको पछाडी माया माया भन्नेहरु थुप्रै देखिन्छ ।
अहिले समाजमा आत्मनिर्भरता र चरित्र हाईन् । परनिर्भरता होस्, रुप राम्रो होस्, यतिभएपछि यूवाहरु मख्ख भएको अवस्था देखिन्छ । जीवन साथी रोज्दा व्यक्रिको छाला हेर्ने की चाला हेर्नेमा आ– आफ्नै तर्क छन् । छाला हेर्नेहरुको भिडमा चालामा ध्यान दिने यूवाहरु प्नि नभएका होईनन् । धन हउन्जेल मोज गर्ने साथमा धन रित्तिएपछि व्यक्ति परिर्वतन गर्नेको भिड बढ्दो छ । यसले समाजलाई हिंसा र विकृत रुप प्रदान गर्दैछ ।
एकातर्फ बौद्धिक वर्ग माया उपहार ठान्छन् । कारण, माया न त किन्न पाईन्छ, न त बेच्न सकिन्छ । न त खोजेर पाईन्छ, न त रोजेर पाईन्छ । माया त कसैले दिए न पाईन्छ । त्यसको लागी स्वयम् व्यक्ति मायालु बन्न सके धेरैको माया पाउन सकिन्छ ।
उहिलेका मायालाई बिर्सेर अहिलेका सस्तो मायामा रमाउने पुस्ताको भिडमा मायामा सफल हुने जोडीहरु पनि पाईन्छ । पहिले मनका कुरा भन्न थुप्रै कष्ट भोग्नुपथ्र्यो तर अहिले चाहे तुरुन्त हुन्छ । कारण, प्रविधिको विकास । टेलिफोन सेवा, सामाजिक सन्जालको विस्तारले विश्वलाई नजिक बनाएको मात्र होईन् । मायालाई सस्तो र हलुका समेत बनाएको छ । दोष प्रविधिको होईन्, दोष त प्रविधिमा रमाउनेहरुको हो ।
अर्को अहिलेको मौलाएको संस्कार भनेको देखासिकी पनि जसले विकृत रुप लिएको आभाष जो कोहिलाई पनि हुन्छ । एकको केटा साथी भए अर्कोले उसकै नक्कल गर्ने र नक्कली भएपनि केटा साथी बनाईहाल्ले, कसैको केटीसाथी भए उसको भन्दा राम्री धनवालका छोरीसंग सम्बन्ध गाँस्नुपर्ने देखासिकीले पनि गलत संस्कार मौलाउदै छ । यस तर्फ अविभावकले रोक्न खोजेपनि रोक्न नसक्ने अवस्था देखिन्छ । यो संस्कारको अन्त्यको लागी नवयुवाले बुझ्न आवश्यक छ ।
चोखो माया र सर्मपणलाई भुलेर स्वार्थका लागी मायाको जाल बुन्नेहरुको पेशा नै बन्न पुगेको छ । आज एउटासंग भोली अर्कोसंगको सम्बन्धले विश्वासको जगलाई हल्लाएको छ । सम्बन्ध तोडिएको छ । कतिको मन कुडिएको छ त, कतिको मनले गर्भ गरिरहेको छ । मायालाई पैसासंग तुलना गरेर माया भन्ने शब्दको अवमुल्यन गरिएको छ । जसले गर्दा कति त माया भन्ने शब्दवाट टाढा छन् ।
भनेजस्तो सपिङ गरिदिए, भनेको बेला रिचार्ज गरिदिए माया, हप्ताहप्तामा नयाँ नयाँ रमणीय घुमाउन लगे, उनकै लयमा बगे माया रे । यदि कोहि संग यी यस्ता क्षमता नभए व्यक्ति परिर्वतन गर्ने भिडले यो समाजलाई कतातर्फ मोड्दैछ भन्ने प्रश्न धेरै नेपालीको मन उब्जिएको छ । तर मायालाई नजिकवाट बुझेकाहरु पश्चिमा संस्कृतिको प्रभावले एकताको सुत्रमा रहेको समाजलाई विस्तारै विभाजन तर्फ मोडिरहेको बताउछन् ।
दीगो सम्बन्ध र मायाको अभावका कारण विभिन्न हिंसाका साथै अपाच्य विकृत संस्कार मौलाएको देखिन्छ । फेरी माया भन्ने शब्द एक महिला र पुरुष बीच मौलाएको सम्बन्धलाई मात्र परिभाषित गरिदैछ । माया त एक परिवारमा आमाछोरा, बाबुछोरी, आमाछोरी, बाबुछोरा, सासुवुहारी, नन्दभाउजु वा पुरुष पुरुष र महिला महिलाबीचको सम्बन्धमा पनि माया हुन्छ तर त्यसलाई मायामा परे, परियो भनेर भनिदैन् । यसको कारण माया भन्ने शब्दको बृहत रुप भएपनि संकिर्ण सोचको आधारमा अर्थ लगाईन्छ । यसलाई पनि नवपुस्ताले बुझ्न अति आवश्यक देखिन्छ ।
विश्वासको जगमा बढ्दै गएको सम्बन्ध र फुल्दै गएको माया आजको लागी मात्र होईन्, भोली पर्सि या जुनीजुनीका लागी हुनुपर्छ । माया कुनै भौतिक बस्तु या कुनै आवश्यकता पुर्ति हुदैन् । माया त मनमा हुनुपर्छ । जहाँ कुनै लेनदेनको आशा हुदैन् । निस्वार्थ हुन्छ । हेर्नेहरुको मनले आलोचना होईन प्रशंसाको लागी योग्ग देखिन्छ । त्यो माया भौतिक शरिरसंग नभई आत्मासंग हुन्छ । जुन जुनीजुनीलाई हुन्छ । जसले अन्य मायालु मनलाई समेत स्तब्ध पार्छ । तपाईको माया देखेर अरुले पनि सिकोस् की माया अटल होस्, जुन जोस्मा बिक्ने नहोस् ।

प्रतिक्रियाहरु