मापसे चेकिङमा १० किलो सुन भेटियो

२०७३ मंसिर १९ गते, आईतवार

काठमाडौं, १९ मंसिर । प्रहरीले मोटरसाइकलमा लुकाएको अवस्थामा १० किलो सुन बरामद गरेको छ । महानगरीय प्रहरी बृत्त बौद्धबाट चेकजाँचका लागि खटिएको टोलीले शुक्रबार राति राजधानीको बौद्धबाट करिब ४ करोड २८ लाख रुपैंयाबराबरको सुन बरामद गरेको हो । मादक पदार्थ सेवन गरे नगरेको चेकजाँचका लागि खटिएको प्रहरी टोलीले बौद्ध–६ फूलबारीबाट शुक्रबार राति सो परिमाणको सुन बरामद गरेको हो । चेकजाँचका लागि खटिएको प्रहरी टोली देखेर मोटरसाइकल नै छाडेर भागेपछि प्रहरीले अनुसन्धान अगाडि बढाउँदा सुन बरामद भएको हो ।
प्रहरीले सो मोटरसाइकल छाडेर भागेका दुई जनाको खोजी गरिरहेको छ । प्रहरीले बा ५५प १७७२ नम्बरको मोटरसाइकल चेक गर्ने क्रममा १० किलो सुन भेटाएको जनाएको छ । – राजधानी दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार