‘मापसेलाई २५ हजार जरिवाना गर्नुपर्छ’

२०७५ बैशाख ४ गते, मंगलवार

काठमाडौं, ४ वैशाख । महानगरीय ट्राफिक महाशाखाले मादकपदार्थ सेवन गरी सवारी-साधन चलाउनेलाई २५ हजार जरिवाना गर्नुपर्ने बताएको छ । ट्राफिकको अभियानसँगै मादकपदार्थ सेवनबाट हुने दुर्घटनामा कमी आएको छ र राजश्व संकलनमासमेत वृद्धि भएको छ । मापसे गरेर सवारी चलाउनेलाई एक हजार रुपैयाँ जरिवानादेखि सवारीचालक अनुमतिपत्रमा प्वाल पार्ने र खारेजी गर्नेसम्मको सजाय छ ।
महानगरीय ट्राफिक महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले यो जरिवाना पर्याप्त नभएको बताए । उनले मापसे गरी सवारी चलाउनेलाई २५ हजार रुपैयाँ जरिवानाको व्यवस्था गर्नुपर्ने बताए ।
महाशाखाले दिएको तथ्यांकअनुसार २०६८ सालदेखि २०७४ चैत मसान्तसम्ममा मादकपदार्थ सेवन गरी सवारी चलाउने २ लाख ६१ हजार १५० सवारीचालक कारबाहीमा परेका छन् । जसमध्ये २ लाख ५९ हजार ६१२ पुरुष र १ हजार ५३८ जना महिला रहेका छन् । मापसेमा परेकाहरुबाट २३ करोड ७२ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन भएको तथ्यांक छ । मापसे गरी सवारी चलाएर हुने दुर्घटनाको संख्या भने कम भएकोे बताईन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार