मानिस ननिस्किएपछि सिंहहरु सडकमा

२०७७ बैशाख ५ गते, शुक्रबार

काठमाडाैं, ५ वैशाख । कोरोना भाइरसका कारण विश्व कै सडकहरु खाली भएका छन् ।यसको फाइदा जंगली जिबजन्तु र वातावरणले उठाइरहका छन् । यस्तै दृश्य देखिएको छ, अफ्रिकाको एउटा वन्यजन्तु आरक्ष क्षेत्रमा । मानिस घरमै बस्न बाध्य भई गतिविधि शून्यझै हुँदा विश्वका सबैजसो सार्वजनिक स्थानमा मानवीय चहलपहल ठप्प छ ।
जंगली जनावरले मानिसको गतिविधि कम भएको थाहा पाउँछन् र आफूलाई निर्धक्क बनाउने गर्छन् । यस्तै गरेका छन् दक्षिण अफ्रिकाका सिंहहरुले ।
मानिसको चहलपहल रोकिएको थाहा पाएपछि दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जका सिंहहरु बाटोमै आएर स्वच्छन्द ढंगले मूल सडकमै सुतेको तस्वीर सार्वजनिक भएको छ ।
लकडाउनका कारण मार्च २५ सम्मका लागि बन्द क्रुगर राष्ट्रिय निकुञ्जका रेन्जर रिचर्ड सावरीले बुधबार गस्तीका क्रममा यि तस्वीर कैद गर्न भ्याएका हुन् ।
अरु बेला पर्यटकले भरिभराउ हुने सडकमा सिंहहरु शानका साथ निर्धक्क सुतिरहेको देखेपछि झटपट आफ्नो मोबाइलबाट पाँच मिटरको मात्र दूरीबाट यी तस्वीर कैद गरेको उनले जनाएका छन् ।
त्यति नजिकबाट तस्वीर खिच्दा पनि सिंहले कुनै वास्ता नै नगरेको भन्दै आफूले खिचेका तस्वीर उनले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु