मानव विकास सूचकांकमा नेपाल १४५ औं स्थानमा

२०७१ श्रावण ९ गते, शुक्रबार

काठमाडौं । संयुक्त राष्ट्रसंघले बिहीबार जारी गरेको विश्व मानव विकास प्रतिवेदन २०१४ मा नेपालको स्थान १४५ मा रहेको छ ।
राष्ट्र संघीय विकास कार्यक्रम अन्तरगत मानव विकास सूचकांकमा नेपाल दक्षिण एशियाको तेस्रो कमजोर राष्ट्र भएको छ । राष्ट्र संघले उक्त सूचकांक जापानको टोकियोमा सार्वजनिक गरेको हो । दक्षिण यसीयाली देश अफगानिस्तान र पाकिस्तान भने नेपाल अगाडि छ । दक्षिण एशियामा श्रीलंकाको स्थान सबैभन्दा राम्रो स्थानमा छ । सूचकांकमा भारत १३५ औं स्थानमा छ भने भूटान १३६ औं स्थानमा छ ।
त्यसैगरी श्रीलंका भने ७३ औं स्थानमा छ भने पाकिस्तान १४६ औं स्थानमा छ । मालदिभ्स १०३ औं स्थानमा छ भने बंगलादेश १४२ औं स्थानमा छ । अफगानिस्तान एशियामा सबैभन्दा कमजोर अर्थात १६९ औं स्थानमा छ । शिक्षा, स्वास्थ्य एवं प्रतिव्यक्ति आय लगायतका मानकहरुका आधारमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी( ले प्रत्येक वर्ष यो सूचकांक सार्वजनिक गर्दै आएको छ ।
उक्त सूचकांकमा विश्वका १८७ देश रहेका छन् । नेपाल गतवर्ष पनि १४५ औं स्थानमै थियो । बंगलादेश भने गतवर्षको तुलनामा एक स्थान माथि उक्लेको छ । पाकिस्तान, माल्दिभ्स, भुटान र भारत पनि गतर्वकै स्थानमा स्थिर रहेका छन् । श्रीलंका गतवर्षभन्दा दुई स्थान माथि उक्लेर ७३ औं स्थानमा आइपुगेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु