मानव अधिकार राष्ट्रिय महाभेला मङ्सिर २४ देखि

२०७३ मंसिर २३ गते, बिहीबार

काठमाडौँ, २३ मंसिर । ६६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा काठमाडौँमा ‘हाम्रो आवाज, हाम्रो सहभागिता न्याय र विविधतामा आधारित हाम्रो समावेशिता’ भन्ने मूल नारासाथ मानव अधिकार राष्ट्रिय महाभेला – २०७३ को आयोजना गर्न लागिएको छ । महाभेला मङ्सिर २४ देखि २६ हुनेभएको छ । यस विषयमा जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महाभेलाका राष्ट्रिय संयोेजक सुनी लामाले मानव अधिकारका विषयमा विभिन्न कार्यशाला गोष्ठी आयोजना गर्नुका साथै महिला मानव अधिकारको क्षेत्रमा काम योगदान पु-याउने व्यक्तिलाई सम्मान गरिने कार्यक्रम रहेको जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार