‘ मानव अधिकारकाे अवस्था दयनीय’

२०७५ जेष्ठ ५ गते, शनिबार

काठमाडौ, ४ जेठ । जनाधिकार अभियान नेपालले अायाेजना गरेकाे ‘वर्तमान राजनीतिक परिस्थितिमा मानव अधिकार’ विषयक अन्तर्कियामा वक्ताहरूले देशमा मानवअधिकारकाे अवस्था अत्यन्त दयनीय रहेकाे बताउदै संविधानमा लाेकतन्त्र भनेपनि व्यवहारमा निरंकुशता लाद्न् प्रयत्न भइरहेकाे अाराेप लगाए । सो अन्तर्किया कार्यक्रममा जनाधिकार अभियानका अध्यक्ष एकराज भण्डारीले वर्तमान राजनीतिक परिस्थितिमा मानव अधिकारको अबस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । भण्डारीकाे कार्यपत्रमाथि टिप्पणी गर्दै उनीहरुले राष्ट्रियता, सुशासन, मानवअधिकार र शान्तिप्रक्रिया जटिल स्थितिबाट गुर्जिरहेकाले राष्ट्रियताकाे रक्षा, मानवअधिकारकाे पुर्ण प्रत्याभुति, शान्तिप्रकियाजस्ता गंभिर विषयमा राज्यलाई दवाव दिन अधिकारकर्मी र सचेत नागरिकहरु देशव्यापी रुपमा अभियान थाल्नुपर्ने सुझाएका थिए ।
अन्तर्कियामा नेपाल कम्युनिस्ट पार्टीका पाेलिट्व्युराे सदस्य पदम राईले राज्य निरंकुश भएर जनतामाथि दमन, धरपकड, अपहरण जस्ता जघण्य कार्य गरिरहँदा मानवअधिकारवादी र नागरिक समाज नबाेल्नु चिन्ताकाे विषय भएकाे बताए । राष्ट्रियता जनतन्त्र र जनजिविकाका बिषयमा अाफ्नाे पार्टी दृढतापुर्वक लडिरहेकाे भन्दै राईले राष्ट्र र जनसराेकारका बिषयमा बाेल्दा राज्य दमन गर्छ भने प्रतिराेधमा उत्रने चेतावनी दिए ।
अन्तर्कियामा नेकपा अन्डरलाईनका नेता झक्कु सुवेदीले नेपालकाे राष्ट्रियता असाध्यै कमजाेर बनेकाे भन्दै माेदीकाे नेपाल भ्रमणमा भारतीय सेना अाउनु लज्जास्पद विषय भन्दै प्रश्न गरे, “नेपालका प्रधानमन्त्री केपि अाेली भारत भ्रमण गर्दा के नेपाली सेना लिएर गएका थिए ?” उनले राष्ट्रियता संटकमा पर्दै गएकाले राष्ट्रप्रेमीहरु सत्ताधारीहरुलाई निरन्तर खबरदारी गर्नुपर्ने झक्कुकाे सुझाव थियाे ।
यसैगरी नेकपाका अध्यक्ष ऋषि कट्टेलले शान्तिपूर्ण जनसंघर्षमा उत्रेका नेता-कार्यकर्ताहरुमाथि केपी सरकारले तिव्र दमन गरेकाेमा अापत्ती जनाउँदै अब सत्ताधारीहरुकाे चरम दमनविरुद्ध प्रतिारेध संघर्ष अनिवार्य भएकाे धारणा राखे भने काँग्रेस नेतृ पुष्पा भुसालले सरकार लाेकतन्त्रका नाममा अधिनायकवाद लाद्न उद्दत भएपनि जनताले सहन नगर्ने बताईन् । राष्ट्रिय मानव अधिकार अायाेगका कार्यवाहक अध्यक्ष प्रकाश वस्थिले शान्तिपुर्ण भेला सम्मेलनबाट गिरफ्तार गर्ने, धरपकड हुने कार्यले मानव अधिकारकाे अवस्था कमजाेर बनेकाेमा चिन्ता व्यक्त गर्दै अब अायाेग चुप लागेर नबस्ने भनाई राखे ।
अन्तर्कियामा नेपाल बार एशाेसियसनका अध्यक्ष शेरबहादुर केसीले देशमा लाेकतन्त्र छैन कि भन्ने अाभाष हुन थालेकाे भन्दै शान्तिपुर्ण भेला सभामा हसतक्षेप गरेर माैलिक अधिकार हरण गर्नु निन्दनीय काम वर्तमान सरकारले गरिरहेकाे अाराेप लगाए । मानव अधिकारकर्मी प्रा. कपिल पाेख्रेल, सुवाेध प्याकुरेल चरण प्रसाई, नागरिक समाजका अगुवा डा. सुन्दरमणी दीक्षितलगायतले संविधानमा एउटा लेख्ने तर अभ्यासमा ठिक उल्टाे काम गर्ने सरकारलाई सबै अधिकारकर्मीहरु खवरदारीका लागि जुट्नुपर्ने अावश्यकता अाैंल्याए ।
कर्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व सचिव प्रभात चलाउनेले नागरिककाे अभिव्यक्ति स्वतन्त्रता हरण गर्ने अाेली सरकारबिरुद्ध सबै सराेकारवालाहरुले सशक्त ढंगले खवरदारी गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रियाहरु