मानवअधिकार चलचित्र महोत्सव हुदै

२०७३ चैत्र ३ गते, बिहीबार

काठमाडौ, ३ चैत । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा आजदेखि नेपाल मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव सुरु हुँदैछ । चार दिनसम्म नेपाल पर्यटन बोर्डमा आयोजना हुने सो महोत्सवमा पत्रकार देवकी विष्टले निर्देशन गरेको ‘देउकी’ बाट सुरु गरिने बताइएको छ । यसमा नेपालको मध्य तथा सूदुरपश्चिमाञ्चल क्षेत्रमा परम्परागतरुपमा धर्म÷परम्पराका नाममा बालिकालाई मन्दिरमा चढाउने परम्पराको चित्रण गरिएको छ । महोत्सवका क्रममा विभिन्न विषयमा छलफलहरु पनि हुनेछन् । महोत्सवको उद्घाटन राष्ट्रिय मानवअधिकार अयोगका अध्यक्ष अनुपराज शर्मा र संयुक्त राष्ट्रसंघीय विकास नियोग (युएनडीपी)का प्रमुख रेनोड मायरले संयुक्त रुपमा गर्ने तयारी भएको छ ।
विश्वका ३८ देशका ९० वटा भन्दा बढी चलचित्र प्रदर्शन हुने भएको छ । महोत्सवको दोस्रो दिन ‘मानवअधिकार र नेपाली चलचित्र’ तथा तेस्रो दिन ‘नेपाली चलचित्रको अन्तराष्ट्रि«यकरण’ भन्ने विषयमा छलफल पनि हुनेछ । चार दिनसम्म समानान्तर रुपमा प्रदर्शन हुने महोत्सवको समापन ‘भुसको लोग्ने’ चलचित्रबाट गरिने तयारी गरिएको छ । महोत्सवको समापनमा प्रदर्शित विभिन्न चलचित्रहरुलाई पुरस्कृत पनि गरिने छ ।

प्रतिक्रियाहरु