माधव नेपालको भारत भ्रमण रोकियो

२०७६ मंसिर १८ गते, बुधबार

काठमाडौं, १८ मंसिर । पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्ने समय नदिएपछि उनको भारत भ्रमण रोकिएको हो । नेपाल सरकारको तर्फबाट विशेष दूत भएर पूर्वप्रधानमन्त्री नेपाल पछिल्लो समय भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालका भू–भागहरू समेटेपछि उत्पन्न विवादका विषय छलफल गर्न भारत जाने तयारी गरेका थिए । भारतले मिचेको सिमा फिर्ता गर्ने चासो कम देखाएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छलफल गर्न भेट्ने समय समेत नदिए पछि नेपालका तर्फबाट बिशेष दुत नेपाल भ्रमण रोक्न बाध्य भएका हुन् ।
भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीका केही भूभाग समेटेपछि नेपालमा भारतको त्यो कार्यको चर्को विरोध भएको थियो। भारतीय राजनीतिक नेतृत्वसँग सिधा छलफलका लागि नेता नेपाललाई विशेष दूत बनाएर पठाउने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। बुधबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकमा सीमा विवाद संवादका लागि जाने भनेका नेता नेपालको भारत भ्रमणको विषयमा छलफल भएको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु