मादीमा जलविहार गर्नेको घुईंचो

२०७४ श्रावण २१ गते, शनिबार

काठमाडौ, २१ साउन । तनहुँको मादी नदीमा जलविहार गर्ने पर्यटकको संख्या बढ्दै गएको छ । जलविहारको सिजन नभए पनि मादीमा भने पर्यटक बढ्दै गएका हुन् । दमौली स्थित मादी नदीमा जलविहार गर्ने पर्यटक ठूलो संख्यामा आउने गरेका छन् । विशेष गरेर चैत, वैशाख जलविहार गर्ने समय भए पनि असार/साउनमा समेत पर्यटकहरु मादीमा जलविहार गर्न पुग्ने गरेका छन् ।
दमौली चाईनापुल मुनीबाट र्‍याफ्टिङ सुरु गरेर तनहुँ र चितवनको सिमनामा रहेको गाईघाटमा पुगेपछि जलयात्रा टुंगिने गरेको छ । जल विहारका लागि मादीलाई सुरक्षित नदीका रुपमा लिने गरिन्छ । पर्यटकको पहलपहल बढेपछि तनहुँका व्यापारि लाभान्वित भएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार