माक्र्सवाद: समाजको वर्ग मुक्तिको दर्शन -विनोद दाहाल

२०७६ बैशाख २६ गते, बिहीबार

माक्र्सवाद मुख्यतः समाजमा मानिसको वर्ग मुक्तिको दर्शन हो । श्रम गर्ने मानिस वर्ग बनेदेखि नै इतिहासभरि मुक्तिको लागि लडिरहेका छन् । पहिला प्रकृतिसँग लडे, दास व्यवस्थाको समाजमा बाँच्न पाउने अधिकारसमेत गुमेपछि बाँच्नको लागि मालिकसँग लडे । त्यसपछि सामन्तवादी समाजमा आधारभुत सुबिधाका लागि लडे, पुँजीवादी समाजमा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा बृत्तिविकास तथा मनोरञ्जनका लागि लडे । उक्त लडाईं बाँच्न पाउने अधिकार हुँदै सेवा र सुबिधाबाट सर्वहारा वर्गको उपस्थितिपछि राज्यसत्ता अन्त्यको लागि वर्गसंघर्षमा रुपान्तरण भयो । मानव जातीको लागि यो नविन, महान् र उच्च बिचार बन्यो । संघर्षकै बीचबाट सर्वहारा वर्गले द्वन्दात्मक तथा भौतिकवादी दर्शनको आविस्कार ग¥यो । यो नै उक्त वर्गको मक्तिको दर्शन हो । सर्वहारा वर्गले कम्युनिस्ट पार्टीमार्फत समाजवाद हुँदै साम्यवादमा पुग्ने उद्घोष ग¥यो । अहिले यसैका लागि संसारभर श्रमजीवी तथा सर्वहारा वर्ग संघर्षको मैदानमा खडा भएको छ ।
मानिस मानव जातीको हित र सच्चाइको खोजीमा लामो समयदेखि लागि परिरहेको छ । यही क्रममा अन्य अध्ययन शास्त्रहरुका अलावा दर्शनशास्त्रको पनि विकास भएको छ । दर्शन अर्थात मानिसले देख्ने अर्थात हितको पक्ष, राम्रो पक्ष, सच्चाइको पक्ष देखिने सवाल मानिसले गर्ने अध्ययनको एउटा पाटो हो । समाजमा मानिस आफ्नो व्यवहारद्वारा आफूलाई अभिव्यक्त गरिरहेको हुन्छ । मानिसले आफुले सत्य वा सहि गरिरहेको छु भन्ने ठान्दछ । मानिसको त्यही अभिव्यक्ति नै दर्शन हो । दर्शनको मतलव हुन्छ सत्यको पहिचान गर्नु ।
मानिसका बिचार समुहगत रुपमा अभिव्यक्त भएका हुन्छन् । एउटाले व्यक्त गरेका बिचार र व्यवहारहरु अर्कोसँग पनि मिल्न पुग्छन् । बिचार कसरि र ककस्को मिल्छ ? गहिरिएर बिचार गर्ने वा हेर्ने हो भने मानिसलाई सबैभन्दा बढी वर्गको प्रभाव भएको देखिन्छ । बस्तुगत अवस्थाले मानिसको चेतनालाई प्रभावित पारिरहेको हुन्छन् । वर्गले पारेको प्रभावबाट कोही पनि मानिस मुक्त छैन भन्ने स्पष्ट छ । मानिस जुन वर्गको छ त्यही वर्गको प्रभावबाट ऊ उम्किन सक्दैन । वर्ग लुकाएर मानिस व्यवहार गर्न सक्दैन, क्षणभर नाटक गर्न मात्र सक्छ ।
समाज विकासको क्रममा अहिले हामी वर्गीय समाजको अन्त्यको घोषणा भएको युगमा छौं । वर्गीय समाज मानवका लागि घातक भएकोले बिकल्पमा वर्गबिहीन साम्यवादी समाज निर्माण गर्ने सिद्धान्तको विकास भएको समयमा हामी छौं । द्वन्दात्मक भौतिकवादी दृष्टिकोणबाट हेर्दा समाज अव वर्गीय अवस्थाबाट वर्गबिहीन समाज अर्थात साम्यवादतर्फ हिंडिरहेको देख्न सकिन्छ । साम्यवादको स्थापना कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले सर्वहारा वर्गको राजनीतिक प्रतिवेदन कम्युनिस्ट पार्टीको घोषणा पत्रमार्फत भएको हो । यस्ले वर्गीय समाज हटाएर वर्गबिहीन साम्यवादी समाजको स्थापनाको घोषणा गरेको हुनाले अहिले हामी माक्र्सवादी युगमा छौं भन्ने गर्दछौं ।
अहिले सबैजसो देशका समाजलाई अर्थात संसारका सबै मानिसका अभिव्यक्त व्यवहारहरुलाई सैद्धान्तिकिकरण गर्दा वर्ग दृष्टिकोणमा संश्लेषण हुन्छ । पछिल्लो समय के पत्ता लागिसकेको छ भने प्रत्तेक दार्शनिक सिद्धान्त कुनै न कुनै वर्गको दृष्टिकोणको अभिव्यक्ती हो । अहिले मानिस शोषक र शोषित अवस्थामा छन् । को शोषक वर्गको हो र को शोषित वर्गको हो भनेर छुट्याउन सकिन्छ वा मानिस समाजमा छुट्टिएको हुन्छ । त्यसैले शोषक वर्गको र शोषित वर्गको दर्शन फरक फरक छ । मानिसको सचेत पहलमार्फत वर्ग संघर्षलाई मुर्त रुप दिनासाथ मानिसले आफ्नो वर्गको पक्ष लिन पुगिहाल्छन् । शोषित वर्गले क्रान्तिको पक्ष लिन्छ भने शोषक वर्ग प्रतिक्रान्तिको पक्षमा हुन्छ । त्यसैले क्रान्तिकारि दर्शन र प्रतिक्रान्तिको दर्शन पनि फरकफरक छन् । वर्गसंघर्षले यी दुबै दर्शनलाई सतहमा ल्याउने शक्तिको रुपमा काम गर्दछ । वर्गसंघर्षले मुर्त रुप नलिएको अर्थात तरल अवस्थामा मानिसहरु मालिक र दासको सामान्य अवस्थामा व्यवहार गरिरहेका हुन्छन् ।
माक्र्सवादले मानिसको सोच्ने, बुझ्ने, चिन्तन गर्ने वा दृष्टिकोण निर्माणमा नै क्रान्ति ल्याइदिएको छ । माक्र्सवाद विज्ञान भएकाले यसले द्वन्दात्मक भौतिकवादलाई प्रयोगको माग गरिरहेको हुन्छ । माक्र्सवादको विकाससँगै दर्शनशास्त्रको विकासले पनि फड्को मारेको छ । अहिले मानिस यो दुनीयाँ बुझ्न र बदल्न सक्ने क्षमतावान भएको छ । माक्र्सवादको विकास मालेमावादको चरणमा प्रवेश गरेसँगै मानिस सत्यको नजिक पुगेको छ । अहिले मालेमावादको प्रयोगले वर्गलाई प्रभावित पार्न पुग्दछ । यो संसारभरका सर्वहारा वर्ग तथा साम्राज्यवादी शक्तिबीचमा संघर्षको युग हो । सर्वहारा वर्गलाई माक्र्सवादको प्रयोगले दिमागमा बारुदको काम गर्न पुग्दछ भने साम्राज्यवादलाई यो दिमागमा गोबरको काम गर्न पुग्दछ अर्थात ढुसिन्छ ।
समाजमा सर्वहारा वर्ग आफ्नो दर्शनको विकास गर्दै अस्तित्वमा आएपछि यो वर्गको बिचार पनि सतहमा आयो । सर्वहारा वर्गले आफ्नो हितको विश्वदृष्टिकोण निर्माण गर्दै जाने क्रममा द्वन्दात्मक भौतिकवादको विकास भयो । सर्वहारा वर्गको बिचारले साम्यवादको स्थापना गरायो । सबैले बुझिसकेका छन् कि सबैभन्दा उच्च, महान् र सहि मालेमावादी दर्शन नै हो, जुन सर्वहारा वर्गको दर्शन हो । द्वन्दात्मक भौतिकवादी दृष्टिकोणको आधारमा मालेमावाद क्रमशः विकास भैरहेको छ । यो सर्वहारा वर्गको बिचार महान् र सर्बशक्तिमान बिचार हो । यो सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । यो मानव जातीको हितसँग सम्बन्धित छ ।
यो मानव समाज श्रमले गर्दा बनेको छ, मानव सभ्यता र यो बैभव श्रमको परिणाम हो भन्ने बुझ्छ र श्रमको सम्मान र हित चाहन्छ भने ऊ कम्युनिस्ट हुन्छ । ऊ सर्वहारा वर्गको मानिस हुन्छ । आफ्नो मुक्तिको लागि सर्वहारा वर्गले विश्व दृष्टिकोणसहित आफ्नो अग्रदस्ता तयार गरेको छ अर्थात संसारभर कम्युनिस्ट पाटीमार्फत मात्र बिश्वका सबै समस्याको समाधान हुनेछ, अर्को बिकल्प छैन । त्यही अग्रदस्ता अर्थात कम्युनिस्ट पार्टीको माताहतमा आफ्नो वर्गको मुक्तिको लागि जनसेनाको निर्माण गरेको छ । पुरानो राज्यसत्ता बिलयको लागि जनसत्ता, जनअदालत, जनसञ्चारसमेत निर्माण ग¥यो । यो सबै प्रकृयाको विकास गर्नको लागि नीति, योजना, कार्यक्रमलाई अभियानात्मक ढङ्गले अगाडि सार्दै लगेको छ । यो सबै कार्यलाई कम्युनिस्ट आन्दोलन भन्ने गरिएको छ । अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उतारचढावका साथ कम्युनिस्ट आन्दोलन विकासवान छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु