माक्र्सवादबारे – श्यामबहादुर बोहरा ‘अटल’

२०७५ भाद्र १६ गते, शनिबार

माक्र्सवाद केवल पाण्डित्याइ गर्ने, (पाठ गर्ने) खास–खास उद्धरण कण्टस्थ गरेर विद्वता प्रदर्शन गर्ने बौद्धिक ? विलासको विषय र सडकमा नारा लगाउने विषय मात्र कदापि होइन । अपितु हाम्रो राजनैतिक जीवन, आर्थिक जीवन, सामाजिक जीवन र सांस्कृतिक जीवनमा हामी आपूmलार्ई माक्र्सवादी भन्नेहरुले, सम्पूर्ण उत्पीडितहरुले र आमश्रमिकहरुले आपूmसँगै सिंगो मानवजातिको पूर्ण मुक्ति र स्वतन्त्रताका लागि दैनिक व्यवहारिक जीवनका पाइला–पाइलाहरुमा साधना गर्ने, यसको मूल आत्माको अनुशरण गर्ने र तदनुरुप आचरण गर्ने विषय हो । केबल मुखाग्र मात्र गर्नु र तदनुरुपको आचरण भने नगर्नु भनेको खोक्रो ढोंग र तुच्छ पाखण्ड मात्रै हो । आज यस्ता ढोंगी र पाखण्डी माक्र्सवादी पण्डितहरुको विगविगिले हाम्रो देश नेपाल पनि आक्रान्त छ र नेपालीहरुको ठूलो हिस्सा दिग्भ्रमित छ । यो अवस्थालार्ई निचोरेर सत्मार्गमा हिँडाउन समयले अत्यन्तै गहन, कठोर र महान् जिम्मेवारी आज हाम्रो काँधमा जवर्जस्त सुम्पी दिएको छ । यस खाँचोको पूर्तिका लागि हामीले भीषण वैचारिक र राजनीतिक संघर्षको छालमा खेल्ने संकल्प लिनु परेको छ ।
यो छोटो आलेखमा माक्र्सवादको सविस्तार व्याख्या र विश्लेषण हाम्रो आफ्नै ज्ञानको सिमा र लेखन क्षेमताको न्युनताले पनि त्यति सहज छैन । तैपनि कतिपय विषय नाङ्गै पोखिएको स्थितिमा केही अंशमै भए पनि सानो प्रयास स्वरुप यो लेख प्रस्तुत गर्दै छु । हिजका दिनहरुमा हामीले सोच्यौ कि हाम्रो काम नेताहरुको प्रशिक्षेण र भाषण सुन्ने, सुनेका कुरा जनतासँग भन्ने र इमान्दार आदेशपालक वन्ने मात्र हो । सिट्टि बज्ने बित्तिकै दौडने मात्र हो । खोज, अध्ययन, अनुसन्धान, लेखनलगायतका बौद्धिक कार्य गर्ने भनेको उच्च स्तरका वडे–वडे नेता गणहरुको मात्र हो । त्यसैले न त साङ्गो–पाङ्गो विषद र व्यबस्थित अध्ययन गरियो, न लेख्ने कोसिस गरियो । यो काम त करिव हुँदै भएन भने पनि हुन्छ । गहन अध्ययन अनुसन्धान र लेखन हाम्रो काम नै होइन भन्ने बुझाइ वनिसकेपछिको परिणाम आज आएर भोगिँदै छ । ठुस–ठुस कन्दै र कन्याउँदै भए पनि आकल–झुकल पढ्ने र फाट्टफुट्ट लेख्ने कार्यमा वामे सर्न थाल्नु पर्ने नै भएको छ । कतिपयलार्ई आश्चर्य पनि लाग्न सक्छ कि के वल्ल ताते–ताते गर्ने वेला हो भनेर । मेरो यो प्रयासलार्ई प्राकृतिक नियमको एउटा अपवाद झै लागे पनि खै म के भन्न सक्छु र ? आजसम्म विश्व मानव जातिले आर्जन गरेका थुप्रै ज्ञान र विज्ञानका नवीनतम शिक्षाहरुमध्ये सर्वोत्तम शिक्षा माक्र्सवादलाई नै मानिन्छ । सैद्धान्तिक, राजनैतिक, दार्शनिक र विचारधारात्मक क्षेत्रमा मात्र नभएर सामाजिक, सांस्कृतिक, आर्थिक क्षेत्र पनि माक्र्सवादको खोज र शंस्लेषण हालसम्म सर्वोकृष्ट बिज्ञानको रुपमा स्थापित छ । यसले श्रमिकहरुलार्ई व्युझाएको छ, हिँडाएको छ र दौडाएको छ । महान् लेनिनले लेख्नु भएको छ कि “संक्षिप्तमा भन्दा माक्र्स र एङेग्ल्सका देनहरुलाई यस प्रकार व्याख्या गर्न सकिन्छ–उहाँहरुले मजदुरहरुलार्ई आत्मवोधी र स्वचेतन हुन सिकाउनु भयो र कल्पनाको ठाउँमा विज्ञानलार्ई पुनर्थापित गर्नु भयो । त्यसैले हामीहरु पनि आत्मवोधी र स्वचेतन हुँदै छौ र झुट, भ्रम, पाखण्ड, बेइमानी त्रास र कल्पनाको स्थानमा सत्य, यथार्थ, इमान, साहस, त्याग र विज्ञानलार्ई पछ्याउने यात्रामा सरिक छौ । त्यसैले जीवनले भोगेको कुरा भन्न र लेख्न खोज्दै छौ । माक्र्सवादको चहकिलो र स्वर्णिम सिद्धान्तलार्ई आज यति विधि विकृत पारिएको छ कि सभ्य समाजका कलंक वनेका ठग, तस्कर, श्रमचोर, लुटेरा, शोषक सामन्ती, दलाल, पुँजीपती, डाका, गुन्डा, भ्रष्टाचारी, कमिसनखोर, माफियादेखि लिएर सवै खाले कृतध्न अपराधीबाट कमिसन र चन्दाको मोटो रकम बुझेर चोख्याउँदै माक्र्सवादको दोसल्ला ओढाएर माक्र्सवादी कित्ता भित्र हुल्ने काम आपूmलार्ई सुविख्यात माक्र्सवादी भन्न रुचाउने पण्डाहरुले बेहिच्कीचाहट नै गरिरहेका छन् र राज्यका नीति निर्माण तहसम्म पु¥याइरहेका छन् । संसदीय सत्तासीन ती पण्डितहरुले आज यस्तो लज्जाजनक कार्यमा ठुलै छलाङ्ग मारिसकेको स्थिति छ । जसले गर्दा वास्तविक माक्र्सवादीहरु लज्जित र अपमानित भएर हीनतावोधको रहमा डुब्ने अवस्था बनेको छ । अग्रगमणका लागि कुनै सर्त पालना गर्नु नपर्ने, सभ्य समाज व्यवस्था निर्माणका लागि फोहर विटुलोवाट रुपान्तरण पनि हुन नपर्ने, आन्दोलनमा कतै कुनै योगदान गरेको पनि हुन नपर्ने, राष्ट्र र समाजका लागि कुनै त्याग गर्न नपर्ने र उन्को धन्दामा कुनै ठेस पनि नलाग्ने वरु झन फस्टाउने भए पछि त जस्तो सुकै लोभी (पापी र निकृष्ट व्यक्ति पनि सारा पाप र अपराध छोप्नका लागि माक्र्सवादी पंत्तिको पछि लाग्ने भै नै हाल्यो । यो कार्य विश्व साम्राज्यवादको सचेत योजनाअन्तर्गत नै भैरहेको कुरामा दुविधा छैन । यो खेलअन्तर्गत माक्र्सवादलाई विकृत र बदनाम गर्ने मात्रै होइन कि पूरै ध्वस्त खरानी पार्ने भयानक षड्यन्त्र अनुरुप नै भैरहेको छ । दलाल पुँजीवादी संसदीय सत्तामा रहेको आपूmलाई माक्र्सवादी भन्ने पार्टीको नेतृत्व तहका धेरैजसो ठालुहरुको मुखमा मात्रै माक्र्सवाद छ । तर, मन र मस्तिकमा भने ठिक उल्टो पुरातन सामन्तवादी सोच, चिन्तन र दृष्टिकोणको पर्खाल छ । निम्न पुँजीवादको जलप छ । त्यहाँ माक्र्सवादको कुनै गुन्जायस छैन । पुराका पूरा सामन्तवाद, निम्न पुँजीवाद र दलाल पुँजीवाद अभेद्धे रुपले चुलिएको स्पस्ट देख्न सकिन्छ । तिनीहरुले कुरा माक्र्सवादको, सर्वहारा, उत्पीडित र श्रमिकको गर्दै आएका छन् तर काम भने पुँजीवाद, दलाल पुँजीवादको, माफियाको अथवा उच्च सम्पन्न वर्गको पक्षेमा गरिरहेका छन् । गीत जनताको गाउँछन्, सेवा भने जनविरोधी, भ्रष्ट, ठग र फटाहाहरुको गर्दैछन् । तिनीहरुको पक्षमा, जनताका बिपक्षेमा युद्धमा ओर्लने आँट गरेको जस्तो पनि देखिँदै छ । जनस्तरवाट फटाहाहरुका विरुद्ध औला उठेको वेला, तिनका विरुद्ध प्रहार भएको वेला सबभन्दा पहिले तिनै किन तर्सन्छन् ? तिनैलाई दुखेको हुन्छ किन ? हिजका दिनमा हामीवाट हाम्रो आफ्नो पैतृक संपत्तिवाट पार्टीकरण, कम्युनिकरण र सर्वहाराकरणका नाममा धनरासी जम्मा गरे । बहाना जनयुद्धका लागि भन्ने छदै थियो । हामीलाई सधै त्याग, समर्पण र वलिदानको उपदेश दिई नै रहे । हामीहरु त्यसैमा प्रफुल्ल बन्दै कुदी नै रह्यौ । यसको वयान गरेर सकिदै सकिँदैन । के भोगियो के भोगिएन ? त्यस्को परिणाम आज अति जर्जर, भयानक कष्टकर र अभाव ग्रस्त पीडादायी जीवन जिउन हामी विवस छौ । आज नेतृत्व तहका सिमित चंखे, चतुरे, वेइमान, पाखण्डी र षडयन्त्रकारीहरुको जीवन भने पुराका पूरा वदलिएको छ । नवधनाढ्य, उच्च सम्भ्रान्त कम्युनिस्ट वर्गमा छलाङ्ग लगाएका छन् । शान शौकातपूर्ण विलासी जीवनको रसमा रमेका छन् । तिनका लागि आज के छैन ? राष्ट्रको ढुकुटीदेखि, विलासी चिल्ला कार, विभिन्न कम्पनीमा लगानी, बिकासको नाममा बजेट परे वाफत समिति, प्राविधिक र ठेकेदारवाट कमिसन, रोजगारी, सरुवा–बढुवा बाफत कमिसन र घुस, एयर एम्वुलेन्स, साउदी, कतार, वेलारुसका कम्पनीहरुमा पनि शेयर, विदेशी वैंकमा खाता ओ हो क्या मालामाल ! यो ब्रमलुट देख्दा कुन स्वाभिमानी र सज्जन मानिसको रगत उम्लदैन ? त्यस्तो अजिव र कठोर प्राणी को होला छातीमा घृणाको लप्का न उठ्ने ? त्याग जति सधैंभरि इमान्दारले मात्र गर्नु पर्ने, शाश्वत नियति जस्तै ! अवसर जति सवै सधैंभरि वेइमानले मात्रै सोहोर्नु पर्ने आजीवन ठेक्का जस्तै ! सकेसम्म श्रीमतीसहित, त्यो नभए आलो पालो, अनि तिनका छोराछोरी, दाजु–भाइ, दिदी–बहिनी नै अवसरका पहिलो हकदार ! तिनका लागि यो नै समानुपातिक र समावेशीको मर्म हो । राजनीतिको निठाभाव हो । अनि बाँकी ठग व्यापारी, नामुद ठेकेदार, उद्योगपति, माफिया, गुन्डा र रिटायर नोकरशाहहरुलार्ई करोडौ रकममा वेचेका दर्जनौ उदारहणहरु जिवितै छन् । अब त बिस्तारै तिनका तलुवा चाट्ने पिच्छलग्गु चाकडीवाजहरु, तिनका अन्धभक्त हनुमानहरु पनि खुस्किने संकेतहरु देखिइरहेका छन् । यति भए पछि यो निरंकुश जहानियाँ राणा शाषणभन्दा भिन्न कहाँनेर छ ? सामन्ती राजतन्त्रको परम्पराभन्दा फरक के छ ? यो संस्कृति सामन्ती संस्कृतिकै जारी रुप नभएर के हो ? खै कहाँ छ त लोकतान्त्रिक गणतन्त्र ? अब, मौजुदा सत्तासिन पार्टी जो छ त्यो कसरी माक्र्सवादी पार्टी हुन सक्छ ? अनि त्यस्को नेतृत्व कहाँको माक्र्सवादी हुन सक्छ ? कदापी हुन सक्दैन । तिनीहरु माक्र्सवादको नकाव लगाएका आधुनिक वादशाहरु नै हुन भन्न हिच्किचाउनुपर्ने कुनै कारण छैन । जनस्तरवाट तिनलाई वेनकाव पार्न अग्रसर नहुनु पर्ने पनि कुनै कारण छैन । तिनीहरु पुँजीपतिहरुका ब्राण्डेड बिकाउ माल बनिएका छन भन्ने कुरा घट्ना क्रमहरुले पटक–पटक प्रमाणित गरेका छन् ।
माक्र्सवाद बिश्व मानव जातिको सुन्दर समाज निर्माणको सर्जक हो । वर्ग, जाती, क्षेत्र, लिंग, भाषाका सारा विभेद र असमानताका पर्खाल तोडेर आर्थिक, सामाजिक, सांस्कृतिक, मुल्यहरुको समान उपयोग एवं समुन्नत समाज निर्माणको महान आन्दोलन हो । समाज विकास क्रमको प्रक्रियालार्ई यौटा नियममा कुदाउने रेल इन्जिन हो र अपरिहार्य विज्ञान हो । हाम्रो कार्यको पथप्रदर्शक हो । माक्र्सवादका आधारभुत सिद्धान्तहरु कहिल्यै पनि पुराना र असान्दर्भिक हुन सक्दैनन । बदलिएको परिस्थितिमा केही विकसित गर्नुपर्ने भने हुन्छ । यदि त्यसो हुँदो हो त ती सिद्धान्तलार्ई आधारभूत भनिने नै थिएन । नकावधारी माक्र्सवादीहरुले माक्र्सवादका आधारभूत सिद्धान्तलार्ई पुराना र असान्दर्भिक भनेर वकवास गरिरहेका छन् । इतिहासमा जहिले पनि र जहाँ पनि अवसरवादीहरुले, निम्न पुँजीवादी संशोधनवादीहरुले वदलिएको परिस्थितिमा माक्र्सवादको “सिर्जनात्मक प्रयोग र विकास” भन्दै माक्र्सवादलाई तोडमरोड गरेर त्यसको गला रेट्ने कार्य गर्दै आएका छन् र आज नेपालमा पनि ठिक त्यसै गरिरहेका छन् । त्यसैले तिनीहरुलाई हामी नकावधारी माक्र्सवादी भन्न वाध्य छौ । तिनीहरु जे हुन त्यही रुपमा उदाङ्गो पार्न आमजनसमुदायलाई हामी अपिल गर्दछौ । यो हाम्रो वुझाइप्रति कोही सहमत बनोस वा नवनोस । कसैले हामीलाई कुन्ठा, व्यक्ति विशेषप्रतिको प्रतिशोध र इगो पनि भन्न सक्लान, त्यो उनीहरुको कुरा हो । कुप मन्डुकतावादी, सामन्ती संकीर्णतावादी र निम्नपुँजीवादी व्यक्तिवादीहरुलाई पनि त्यस्तो लाग्न सक्छ । त्यो पनि उनीहरुकै कुरा हो । त्यसमा हामीलाई कुनै प्रवाह छैन । यो दृष्टिकोण, विचार र सिद्धान्तको विषय हुनुको कारणले यसमा हामी अटल आस्था र निष्टाका साथ दृढ भएर उभिन्छौ र निर्भिक भएर अगाडि वढ्छौ ।

प्रतिक्रियाहरु