माके एमालेमा विलय भएको भन्दै पार्टी परित्याग

२०७४ फाल्गुन ३० गते, बुधबार

काठमाडौँ , ३० फागुन । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका सदस्य तथा नवलपुरका नेता पारस गौतम (विकास) ले माअाेवादी केन्द्र एमालेमा विलय हुन पुगेकाे भन्दै माओवादी केन्द्रको साधारण सदस्य पनि नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनीसँगै नवलपुर एरिया समितिका सदस्य डोलराज सुनार (अविनाश) ले पनि पार्टी परित्याग गरेका गरेका छन् । एक प्रेश विज्ञप्ती जारी गर्दै नेता विकास र अविनाशले माओवादी केन्द्रले मालेमावादी राजनीतिक दर्शनलाई लत्याउदै संसदीय सत्ता र कुर्सीका लागी पार्टीलाई एमालेमा विसर्जन गराएकोले पार्टी परित्याग गरेको बताएका छन् ।
उनीहरुले नेकपाले अगाडि बढाएको क्रान्तिकारी संघर्षलाई सहयोग र समर्थन गर्नु आफ्नो कर्तव्य भएको समेत बताएका छन् ।
उनले जारी गरेको विज्ञप्ती यस्तो छ –

प्रतिक्रियाहरु