माओवादी लुम्बिनी मगरात उद्धार टोली नुवाकोटमा

२०७२ जेष्ठ १३ गते, बुधबार

काठमाण्डौ, १३ जेठ । विनासकारी भुकम्प आए लगतै रसुवा जिल्लाको पिडीत जनताको उद्धारमा खटिएको नेकपा माओवादी लुम्बीनि मगरातको टोली आजबाट क्षतिग्रस्त नुवाकोट जिल्लाको मनकामना गाबिसमा अस्थायी घर टहरा बनाउनका साथै उद्धारमा खटिएको छ । माओबादी गुल्मीका सेक्रेटरी बिष्णु पन्तको नेतृत्वमा १५ सदस्यीय टोली आजबाट सो क्षेत्रमा सक्रिय भएको छ । सो टोलीले आजबाट मनकामना गाबिसमा अस्थायी टहरा बनाउनुका साथै जोखिम युक्त घरहरु भत्काउने कार्य गरीरहेको सो टोलीको नेतृत्व गरेका गुल्मीका सेक्रेटरी बिष्णु पन्तले बताए ।
यस अघि सो टोलीले रसुवाका भुकम्प पिडीतहरुका लागि अस्थायी टहरा बनाउनु का साथै उद्धारमा खटिएको थियो । लुम्बिनी मगरात उद्धार टोलीको सहयोगबाट रसुवाका भुकम्प पिडीतलाई राहात पुगेको माओबादी रसुवाका सेक्रेटरी लक्ष्मणले बताए ।
भुकम्प पिडीतहरुको उद्धारको लागि गुल्मीका सेक्रेटरी बिष्णु पन्तको नेतृत्वको टोलीलाई स्थानिय जनताले अब अस्थायी टहरा भन्दा पनि अलिक दीघकालीन रुपका घर टहरा बनाइदिन माग गरेको टोलीका या सदस्यले बताए ।
गत जेठ ६ गतेदेखि भुकम्प पिडीतका निम्ति अस्थायी घर टहरा बनाउनका साथै उद्धारमा खटिएको लुम्बिनी मगरात टोलीमा रसुवाका सेक्रेटरी लक्ष्मण, महिला नेत्री भृकुटी लगायतका नेता तथा कार्यकर्ता संलग्न रहेका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु