माओवादी र कम्युनिष्ट घटकहरुबीच ध्रुविकरण

२०७३ भाद्र ७ गते, मंगलवार

काठमाडौं, ७ भदौ । नेकपा (माओवादी)सङग कम्युनिष्ट न्यूक्लिअस नेपाल , नेकपा क्रान्तिकारी माओवादी र नेकपा माओवादी केन्द्र परित्याग गरेकाबीच आज पार्टी ध्रुविकरण र एकिकरण भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा एक कार्यक्रमका बीच एकिकरणको घोषणा भएको हो । पार्टी एकिकरण घोषणा कार्यक्रममा बोल्दै माओवादीका महासचिव विप्लवले मुलकमा शान्ति र सम्बृद्धिका लागी लड्दा युद्धको सङग्या दिएर दमन गर्न खोजिए आफुहरु युद्ध लड्न तयार रहेको चेतावनी दिएका छन । महासचिव विप्लवले माओवादीले हतियार उठाउछ भन्ने अभिब्यत्तिको खण्डन गर्दै देश जनताको मुत्ति र मौलिक अधिकार प्राप्तीका लागी आफुहरु युद्ध लडन तयार रहेको उद्घोष गरे । जनताको गास ,बास ,कपासको अधिकार प्राप्तिका लागी माओवादी अन्तिम समयसम्म लड्न तयार रहेको उनको भनाई छ । महासचिव विप्लवले आफ्नो पार्टी शान्ति र सम्वृद्धिको खोजीमा रहेको भन्दै संसदीय व्यावस्थाले जनतालाई आधारभुत र नैसर्गीक अधिकार दिन असक्षम भएको ठोकुवा गरे ।महासचिव विप्लवले नेपालमा संसदीय व्यावस्था पूर्ण रुपमा असफल भएको भन्दै सो व्यावस्थामार्फत स्वचालित हुन खोजेका सासनसत्ताका सासकहरु पनि असक्षम सावित भएको बताए ।
महासचिव विप्लवले ध्रुविकरण र एकिकरणको अभियानमा सबै कम्युनिष्ठ घटकहरुलाई गोलबद्ध हुन आह्वान गर्दै क्रान्तिलाई पुरा गराएरै छाड्ने प्रतिबद्धता पनि जनाए । प्रचण्ड र बाबुराम नवसंसोधन वाद र साम्राज्यवादमा फसेर क्रान्तिलाई धोका दिएको भन्दै उनले प्रचण्ड बाबुराम धागो चुडिएको चङगा जस्तै अवस्थामा रहेका कहाँ गएर बजारिन्छ भन्ने ठेगान नभएको टिप्पणी गरे । महासचिव विप्लवले संसदवादी दललाई संसदीय व्यावस्था ठिक हो या वैज्ञानिक समाजवाद भन्ने बिषयमा जनमत संग्रह पनि चेतावनी दिए ।
पार्टी ध्रुविकरण र एकिकरण कार्यक्रमका संचालक नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्डले जनबादी क्राती पुरा गर्न सबै क्रान्तिकारी हरु एकजुट हुनुको बिकल्प नभएको बताउदै राजनितिक प्रतिवद्धता पत्र वाचन गरेका थिए । प्रतिबद्धता पत्रमा क्रान्तिको झण्डा झुक्न नदिने र दलला नवंशोसधनबाधमा फेसेर नेताहरुले मुलुक र जनताको हि बिपरीत कदम चालेकोले त्यसलाई सफल पार्न नदिने उल्लेख छ ।
प्रतिबद्धता पत्रमा माओवादीका महासचिव विप्लब , कम्युनिष्ट न्युक्लियसका हेमन्त प्रकास ओली , नेकपा माओवादी केन्द्रका पिविएम सन्देश र क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य ईस्लाम हवालीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु