माओवादी महाधिवेशनको बन्दसत्र चल्दै , महासचिवको राजनितिक दस्तावेजमाथि समुहगत छलफल हुदै

२०७३ फाल्गुन ६ गते, शुक्रबार

काठमाडौ, ६ फागुन । नेकपा माओवादीको ८ औं महाधिवेशन अन्तरगत बन्दसत्रमा आजदेखि महासचिव विप्लवको राजनितिक प्रतिवेदनमाथि समुहगत रुपमा छलफल हुदैछ । पार्टीको आगामी कार्यदिशा तथा वैज्ञानिक समाजवाद र एकिकृत जनक्रान्तीका सन्दर्भमा महासचिव विप्लवले प्रस्तुत गरेको राजनितिक दस्तवेजमाथि आज विभिन्न २० वटासमुहमा गर्ने तयारी भएको पार्टी प्रवक्ता प्रकाण्डले जानकारी दिए ।
समुहगत छलफलपछि दिउँसो दुई बजेपछि टोली नेताले दस्तवेजमाथि धारणा राख्ने तयारी भएको जनाइएको छ । प्रतिवेदनमा पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी राख्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको व्यख्या गर्दै नयाँ प्रक्रियाबाट क्रान्ती सफल पार्ने तथा प्रचण्ड- बाबुराम विगतका प्रतिवद्धताबाट विचलित भएको लगायतका विषय समावेश छन् ।
यसअघि बन्दसत्रको पहिलो दिन हिजो महासचिव विप्लवले पार्टीको आगामी कार्यदिशा समेटिएको दस्तावेज प्रस्तुत गरेका थिए । बन्द सत्रलाई सम्बोधन गर्दै महासचिव विप्लवले महाधिवेशनले देश र जनताताको लागि ऐतिहासिक निर्णय गर्ने उद्घोष गरेका छन । उनले महाधिवेशनपछि देशभक्त, उत्पिडित जनताको मुक्तिका लागि पार्टिले ठोस निती ल्याउने बताए । महाधिवेशनले समान्य विधान प्रतिवेदनमात्र पास गर्ने नभएर युगान्तकारी फैसला गर्ने उनको ठोकुवा छ । देश र जनताको एकता बलियो हुँदै जाँदा विदेशीको घेरा पनि फराकिलो हुने भन्दै अरुले साचेकोभन्दा भिन्न र नयाँ क्रान्तिकारी कदम चालने महासचिव विप्लवले बताए ।
महाधिवेशनमा करिब एक हजार जना प्रतिनिधि सहभागी भएका प्रवक्ता प्रकाण्डले जानकारी दिए । महाधिवेशनको उद्घाटन सत्र २२ औं जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते राजधानीको खुलामन्चमा भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु