माओवादी भोजपुराद्वारा जनप्रतिनिधि सभा घोषणा

२०७३ पुष २९ गते, शुक्रबार

काठमाडौं, २९ पुस । नेकपा माओवादीको भोजपुरा स्वायत्त प्रदेशको जनप्रतिनिधि सभा घोषणा गरेको छ । रौतहटको जुडबेलामा माओवादीले २१ सदस्यीय जन प्रतिनिधि सभा घोषणा गरेको हो । त्यस्तै गोपाल जिम्बाको नेतृत्वमा ७ सदस्यि जनपरिषद् समेत घोषणा गरेको छ । जसको उपप्रमुखमा हरेराम यादब, सभामुखमा भक्तिमाया रेग्मी लगायत रहेका छन् ।
गंगाधर ढकालको सभापतित्वमा भएको घोषणा कार्यक्रममा मधेस ब्यूरो ईन्चार्ज पवनको प्रमुख आतिथ्यता भएको हो । कार्यक्रममा केन्द्रिय जन प्रतिनिधि सभाको उपप्रमुख पदम राई, , विरोध शर्मा, उपब्यूरो सदस्य असिम, रौतहट सेक्रेटरी गोपाल जिम्बा लगायत सहभागि थिए ।
कार्यक्रममा जिल्ला जनप्रतिनिधि सभा रौतहटका कुमार राईको स्वागत र नारायणी उपब्यूरो नन्दन अर्याल, केन्द्रिय सदस्य रवि, नेकपा माओवादी पोलिटब्यूरो सदस्य पवनले मन्तब्य राखेको कार्यक्रमको संचालन रमनले गरेका थिए । यसैविच कार्यक्रममा एनेकपा माओवादी रौतहट जिल्ला सदस्य उद्धब माझी पार्टी परित्याग गरि विपल्व माओवादीमा प्रवेश गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु