माओवादी पत्रकार सम्मेलन गर्दै

२०७१ माघ १२ गते, सोमबार

काठमाडौं, १२ माघ ।देशको समसामयिक राजनीतिक परिस्थितिका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न नेकपा माओवादीले आज राजधानी काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । आज दिउसो २ बजे अनामनगरस्थित संबाद डबलीमा नेकपा माओबादीका प्रवक्ता प्रकाण्डद्धारा संबिधानसभामा भएको घटना तथा पछिल्लो विकसित राजनीतिक विकसित घटनाक्रमका बारे पत्रकार सम्मेलन पार्टीको आधिकारीक धारणा सार्वजानीक गर्ने बताइएको छ । पत्रकार सम्मेलनका लागि प्रवक्ता प्रकाण्डले सबै संचारमाध्यामलाई निम्ता गरेका छन् । अनामनगरको घट्टेकुलो चोकमा रहेको संवाद डबलीमा दिउसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको प्रवक्ता प्रकाण्डले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु