माओवादी डोटीको सचिबालय सदस्य गिरप्तार, बिनासर्त रिहा नगरे आन्दोलनमा जाने

२०७१ चैत्र १६ गते, सोमबार

काठमाडौँ । नेकपा माओवादी माओवादी डोटीको सचिबालय सदस्य सुरेन्द्र देउवालाई प्रहरीले गिरप्तार गरेको छ । माओवादीले आक़्फ़्ना नेता पक्राउको आपत्ति जनाउदै बिनासर्त रिहा नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ । माओवादी डोटीका सह सेक्रेटरी रोशन रैकालले एक बिज्ञप्ती जारी गर्दै आफ्ना सचिबालय सदस्य पक्राउको बिरोध गरेका छन । बिज्ञप्तिमा भनिएको छ सुरेन्द्र देउवा लाइ गिरप्तार गरिएको घटना प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । जसरी भ्रष्टहरुको एक तर्फी सिफारिसमा गिरप्तार गरिएको छ यसमा हाम्रो घोर आपत्ति छ ।
माओवादी डोटीले गिरप्तार गरिएका आफ्ना कार्यकर्तालाइ बिनासर्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। डोटीको वर्छैन गाविस वार्डन नं. ९ निरौली पदमराज जोशीको घर माओवादीले कब्जा गरेको घटनामा संलग्न रहेको भन्दै आज देउवा लाइ प्रहरीले पक्राउ गरेको हो । जोशीले विभिन्न सामाजिक संघ संस्थामा रहेर ठूलो भ्रष्टाचार गरेको, जिल्लामा रहेका विभिन्न प्राकृतिक सम्पदाहरु अवैध तरिकाले बेचविखन गरेको र ठूलो तस्करीमा सम्लग्न रहेको भन्दै उनको घर माओवादीले कब्जा गरेको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु