माओवादी गुल्मी आन्दोलनमा उत्रदै

२०७१ फाल्गुन १२ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी गुल्मीले गरिबी, बेरोजगारी, महंगी, कालोबजारी तथा भ्रष्टचारर माफियाहरुको बिरुद्ध आन्दोलन गर्ने उदघोस गरेको छ ।राज्य निरीह र निकम्मा जस्तो टुलु टुलु हेरेर बसेकोले माओवादी गुल्मी पार्टीले आन्दोलनको उदघोस गर्नु परेको माओवादी गुल्मी जिल्ला समितिका सेक्रेटरी बिष्णु पन्तद्वारा जारी गरीएको बिज्ञाप्तिमा भनिएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी जिल्ला समिति, गुल्मीका सेक्रेटरी विष्णु पन्तले जारी गरेको प्रस बक्तब्यको पूर्ण विवरण यस प्रकार रहेको छ – ” आज देश अत्यन्तै जटिल मोडमा रहेको छ । देशमा गरिबी, बेरोजगारी, महंगी, कालोबजारी तथा भ्रष्टचारले सिमा नाघेको छ । भ्रष्ट, दलाल तथा माफियाहरुको हातमा देश छ र उनीहरुको खुलेआम दादागिरी छ । राज्य निरीह र निकम्मा जस्तो टुलु टुलु हेर्ने भएको छ । उसंग अर्को कुनै पहल गर्ने उपाय वा नैतिक हैसियत केहि नभएको यस अवस्थामा देशलाई यि तमाम बिकृती तथा बिसंगतिबाट मुक्त गर्नका लागी कसैनकसैले पहल कदमी लिने हिम्मत गर्नुपर्ने आवश्यकताको ठहर गर्दै नेपाल कम्युनिष्ट पार्टी माओबादीले यसको बिरुद्धमा ससक्त अभियान संचालन गदै छ । यहि अभियान अन्तर्गत गुल्मी जिल्लामा पनि केहि स्थानमा भ्रष्ट दलाल माफियाहरुको विरुद्धमा थालनी गर्ने सन्र्दभमा गुल्मी जिल्ला क्षेत्र नं. १ ह“सरा गा.वि.स.को जुम्दी हाइड्रोपावर संचालक हरुलेपनि सोही किसीमको हरकद गरेको र कोहिपनि त्यहा जिम्मेवार र जवाफदेही नभएको देखिएकोले निम्न तपशिलका विषयहरु लागु गर्न गराउन दोस्रो चेतावनीस्वरुप कालो झण्डा गाडने कार्यक्रमसहितको सांकेतिक चेतावनी प्रकृयाको थालनि गरिएको छ ।
लागु गर्नु गराउनुपर्ने विषयहरुः–
 जुम्दी हाइड्रोपावरको काम सुचारुहुने वा नहुने, आजसम्म रोकीनुको कारण, सुरु कहिले देखि हुने लगाएतका विषयमा सर्वपक्षिय छलफल बाट यस विषयमा स्पष्ट हुनुपर्ने ।
आजसम्म जनताबाट उठेको सेयर रकम कति, र आज सम्मको आय व्ययको विवरण जनतालाई स्पष्टपार्नुपर्ने र सेयर उपभोक्तालाई सेयर प्रमाणपत्र दिनुपर्ने वा जनताबाट उठेको सेयरको रकम सावा, व्याज तथा थप क्षतिपुर्ति सहित फिर्ताहुनुपर्ने ।
हाइड्रोपावर द्धारा जनतालाई पर्न गएको असर र क्षति सम्वन्धमा सिंचाई, जग्गाजमिनको व्यवस्थापन र उचित मुआव्जा दिनुपर्ने । हाइड्रोपावरमा कामगर्ने मजदुरहरुको पारिश्रमीक सिघ्र भुक्तानी दिनुपर्ने । ठेक्का किनबेचको गलत प्रकृया को रुपमा रहेको कमिसन खोरी सिस्टम रोकिनुपर्ने । अराजक भ्रष्ट ठेकेदारहरु लाई अबिलम्व कार्वाहिको प्रकृया अगाढि बढाउनुपर्ने ।”
यसैगरी गुल्मीका सेक्रेटरी विष्णु पन्तले जारी गरेको अर्को प्रस बक्तब्यको पूर्ण विवरण यस प्रकार रहेको छ – “आज यस देशको अबस्था अत्यन्तै दयनिय र सङकटको स्थीतिमा गज्रीरहेको छ । जनतन्त्र, जनजिविका र राष्ट्रीयताका सवालहरु धरापमा परिरहेका छन् । एकातिर देशमा भ्रष्टचार,कालोबजारी,महङगी,दलालीकरण,घुषखोरी र ठेकेदारीतन्त्र जस्ता समस्याहरुबाट जनताहरु आक्रान्त बनिरहेका छन् भने अर्कोतिर यी सबै पक्षहरुको नियमन गर्ने, अनुगमन गर्ने र कारवाही गर्ने सम्बन्धीत निकाय, प्रशासन् र यहाँको सरकार मौन बसीरहेको अवस्था छ । बिडम्बना यस देशका दलाल नेताहरुबाट दिनप्रतिदिन नेपाली जनताहरुमाथी बिदेशीको ईशारामा कालो शासन लाद्धने प्रयत्न भइरहेको छ ।यसरी एक पछी अर्को गर्दै यि सवै घटनाक्रमहरु अगाडी बढीरहेको र सम्बन्धीत निकायबाट यसको रोकथामका निम्ती पहल गरिनुको साटो लाचार भइ टुलु टुलु हेरीरहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी माओवादीले देशमा भइरहेको भ्रष्टचार,कालोबजारी,महङगी,दलालीकरण,घुषखोरी, ठेकेदारीतन्त्र र सुतखोरजस्ता अपराधीक कृयाकलापहरुलाई निरुत्साहीत पार्नका लागी आन्दोलको उद्धघोष गरेको यहाँहरुलाई सर्ववितितै छ ।यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी माओवादी गुल्मीले पनि यस जिल्लामा भइरहेका भ्रष्टचार,कालोबजारी,महङगी,दलालीकरण,घुषखोरी, ठेकेदारीतन्त्र र सुतखोरजस्ता अपराधीक कृयाकलापहरुको रोकथामका निम्ती सम्बन्धीत निकायहरुसँग जोडदार माग गर्दै यसको अन्यका निम्ती आन्दोलनको सुरुवात समेत गरेको जानकारी गराउदछौँ । यसै क्रममा हामीले आन्दोलनको सुरुवातमा लामो समयसम्म ठेक्का हातमा लिएर काममा लापरबाही गरी काम सम्पन्न नभएको भनभने र धुर्कोट रजस्थल जोड्ने पक्कि पुलको ठेकेदार र अन्य सम्बन्धीत निकाय प्रति घोर भर्सना गर्न चाहन्छौँ ।
आदरणिय जनसमुदाय तथा पत्रकार मित्रहरु, रु १ करोड ८४ लाख १९ हजार ७ सय ६८ रुपिया ५२ पैसाको लागतमा गुल्मी जिल्लाको भनभने र धुर्कोट रजस्थल जोड्ने पक्कि पुल निर्माणको सम्झौता २०६९ असार २५ गते भएको र सम्झौता अनुसार २ बर्षको अवधी भित्र अर्थात २०७१ साल असार २३ भित्र कार्य सम्पन्न गरिनुपर्ने थियो । बिडम्बना त्यस अवधी भित्र १० प्रतिशत पनि काम गरिएन, बरु बिभिन्न किसीमका बाहना बनाएर त्यस क्षेत्रका जनताहरुलाई ढाट्ने काम गरियो । त्यस पछि जनताहरु र अन्य निकायहरुको दबावमा परि २०७१ असार ११ गते जिल्ला सदरमुकाम तम्घासमा स्थानिय बिकास अधिकारि, जिल्ला स्थित राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, सडक डिभिजन कार्यालय पाल्पाका प्रतिनिधी र ठेकेदारका बिच भएको सहमति अनुसार ६ महिनाको लागी पुन म्याद थपिएको र असौजमा काम सुरु गरी फाल्गुण भित्र पुल सम्पन्न गरिने प्रतिबद्धता ठेकेदार रमेश मल्लले गरेका थिए, तर हालसम्म आईपुग्दा निर्माण अबस्था उही पुरानै दोहोरिएको छ । परिणाम स्वरुप १५ प्रतिशत पनि काम सम्पन्न हुन सकेको छैन । यसरी उहि ठेकेदार र यहि गतिमा काम अगाडी बढेमा अझै धेरै बर्ष पुल नबन्ने पक्का छ, जसको परिणाम स्वरुप उक्त पुल नबन्दा बर्षातको समयमा त्यही बाटो हुँदै तम्घास आउने र जाने भनभने, पुर्कोट, म्यालपोखरी, बाँझकटेरी मलागीरी र अग्लुङ लगायत गा.बि.स का हजारौँ यात्रुहरुले कष्टकर पैदल यात्रा गर्नुका साथै बिरामी हँदा समयमै उपचार नपाएर अकालमै मृत्युबरण गर्नुपर्ने दयनिय अबस्थामा यस क्षेत्रका जनताहरु बाँचिरहेका छन् ।
यसरी ठेकेदारको चरम लापरबाहीको जानकारी हँुदाहँदै पनि यहाँको प्रशासन र यसलाई प्रत्यक्ष हेर्ने र नियमन गर्ने सडक डिभिजन कार्यालय मौन बस्नुको कारण खुलाई समग्र गुल्मेली जनताहरुलाई यसको बारेमा जानकारी गराउन समेत जोडदार माग गर्दछौँ । साथै यसको आवस्यक छानबिन गरी दोषीलाई आबस्यक कारबाही गरी यथासिघ्र पुल सम्पन्न गर्नको लागी समेत अनुरोध गर्दछौ । अन्यथा नेपाल कम्युनिष्ट पार्टी माओवादी गुल्मीले आम जनताको उपस्थीतीमा यो भन्दा पनि कडा किसीमको आन्दोलनको घोषणा गर्न समेत बाध्य हुने जानकारी गराउँदछौ । “

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु