‘माओवादी केन्द्र चलाउन नसकेर प्रचण्डले पार्टीलाई एमालेमा विलय गराए’

२०७५ जेष्ठ ५ गते, शनिबार

काठमाडौं, ५ जेठ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी चलाउन नसकेर प्रचण्डले पार्टीलाई एमालेमा विलय गराएको ठोकुवा गरेका छन् । उनले सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको भन्दै एकता धेरै नटिक्ने भविश्वाणी समेत गरेका छन । पोखरामा भएको कार्यक्रममा डा. भट्टराईले, जसरी बैंक कमजोर भएपछि मर्ज हुन्छ, त्यसैगरी दुई पार्टीबीच मर्ज भएको टिप्पणी गरेका छन् । यो मर्जरले ५ वर्ष त लैजाला तर त्यसपछि भन्न सकिँदैन उनको भनाइ छ । माओवादी आन्दोलनको सम्पूर्ण इतिहास, त्याग र बलिदान भुलेर प्रचण्ड सत्ता स्वार्थमा लागेको भट्टराईको दावी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु