माओवादी केन्द्रीय समितिको वैठक जारी

२०७० मंसिर २६ गते, बुधबार

काठमाडौं ,२६ मंसिर। नेपाल कम्युनिस्ट पार्टी–माओवादीको केन्द्रीय समितिको वैठक आज पनि जारी रहने बताइएको छ । हिजोको वैठकमा माओवादीका उपाध्यक्ष सि.पी. गजुरेल ‘गौरव’ लगायत पोटिलव्यूरो सदस्य कुलप्रसाद के.सी. ‘सोनाम’, केन्द्रीय सदस्यहरु चन्द्रहरी सुवेदी ‘अटल’, सुरेश आले मगर, रणविर वमसहित २३ जना केन्द्रीय सदस्य तथा सल्लाहकारले अध्यक्ष किरणले प्रस्तुत गरेको दस्तावेजलाई समर्थन गर्दै आफ्नो धारणा राखेको बताइएको छ । अध्यक्ष मोहन बैद्ध्य किरणले प्रस्तुत गरेको दस्ताबेजमाथि आज पनि छलफल जारि रहने बताइएको छ । वैठक माओवादीको नेवा राज्य कार्यालय कुपण्डोलमा आज ११ बजे पुन वस्दैछ ।

प्रतिक्रियाहरु